ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी

काठमाडौं, २६ कात्तिक । नेपाल कम्यु´निस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वि´वाद उत्कर्षमा पुगेको छ । वि´वादले दुवै नेता एक अर्कालाई का´रबाहीसम्म गर्ने तयारीमा छन् । सकेसम्म सहमतिको बिन्दु खोज्ने नभए कडा कदमसम्मको सम्पूर्ण तयारी दुवै नेताले गरिसकेका छन् ।

प्रचण्ड र माधव नेपालसहितका बहुमत सचिवालय सदस्यले ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी गरेको जानकारी पाएपछि ओलीले नि´कटस्थलाई चु´नौतीको सामना गर्न तयार हुन भनेका छन् । उनले बालुवाटारमा विश्वासपात्रहरुलाई डा´केर त्यस्तो निर्देशन दिएका हुन् । कुनैपनि बेला कठोर निर्णय गर्नुपर्ने हुनसक्ने भन्दै प्रचण्डले पनि नि´कटस्थलाई तयार रहन भनेका छन् । यसले नेकपाभित्र ग´म्भीर दु´र्घटनाको अवस्था बनेको छ ।

पार्टी सचिवालय हुँदै स्थायी र केन्द्रीय कमि´टी बैठक डा´केर प्रचण्डले ओलीका बारेमा निर्ण´य लिने तयारी गरेका छन् । बुधबार सचिवालयको बैठक डाकेर प्रचण्डले ओलीलाई समेत जानकारी गराएका छन् । तर, ओली आउने या नआउने टुं´गो छैन । पार्टीबाट ओलीमाथि भयंकर कारबाहीको नि´र्णय हुनसक्ने केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले औल्याएका छन् । ओली नि´कट बाँस्कोटाले हिजो ओलीवि´रुद्ध षड्यन्त्र भइरहेको र का´रबाही गर्ने तयारी भएको सनसनीपूर्ण खुलासा गरेका छन् ।

पार्टी बैठक डाक्नुमा ओलीमाथि का´रबाहीको तयारीका रुपमा लिइएको छ । तर, ओलीले बारम्बार बैठक टार्दै आएका छन् । उनलाई दुई दिनभित्र सचिवालय डाक्न अल्टिमेटम दिइएको थियो । तर, बेवास्ता गरेपछि हिजो सचिवालयका बहुमत सदस्यका तर्फबाट प्रचण्डले बालुवाटारमा भेटी बैठक डा´क्ने जानकारी गराएको बुझिएको छ ।

ओलीले बैठक डा´क्न आ´नाकानी गरे आफै डाक्ने प्रचण्डको तयारी छ । सचिवालयबाट पार्टीका तल्लो क´मिटी हुँदै ओलीलाई का´रबाही सम्मको तयारी भएको बुझिएको छ । यही बुझेर ओलीले पछिल्लो समय कडा अभिव्यक्ति दिदै आएका छन् । उनले पार्टी सचिवालय डाक्नुलाई विभाजनतर्फको बाटो भनेका छन् । बरु अविश्वासको प्रस्तावको सामना गर्ने तर प्रधानमन्त्री पदबाट कुनै हालतमा राजीनामा नदिने दृ´ढता व्यक्त गरेका छन् ।

नेकपाभित्र ओलीलाई पार्टीको विधि र प्रक्रिया मिलाएर सरकारबाट फि´र्ता बोलाउने तयारी भइरहेको संकेतहरु निरन्तर मिल्दै आएको छ । ओली निकटस्थहरुले सा´र्वजनिक रुपमा क´डा अभिव्यक्ति दिदै यसको खुलासा गरिरहेका छन् । कतिपय नेताहरुले पार्टीलाई फु´टबाट जोगाउन मु´श्किल भएको समेत बताएका छन् ।


Your Views
Related News