कलंकीमा दुई वटा ट्रक ठोक्किँदा ३ जनाको मृ´त्यु

२७ कात्तिक, काठमाडौं । काठमाडौंको कलंकीमा एक ट्रकले अर्को ट्रकलाई ठ´क्कर दिँदा तीन जनाको मृ´त्यु भएको छ ।

कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठ´क्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृ´त्यु भएको हो । दु´र्घटनामा एक जना घा´इते भएका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहोराका अनुसार दु´र्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृ´त्यु भएको छ ।

कलंकीस्थित सहिद स्मृ´ति अस्पतालमा उपचारको क्रममा उनीहरुको मृ´त्यु भएको हो । सो दु´र्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय को विजय तामाङ घा´इते भएका छन् । उनको उपचार जा´री छ ।

दुवै ट्रकका चालकलाई प्रहरीले नि´यन्त्रणमा लिइसकेको प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ ।


Your Views
Related News