काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेकपाका नयाँ पुस्ताले विशाल पार्टीको नेतृत्व गर्ने की विभाजित टुकडीको कम्पनी कमाण्डर बन्ने भन्नेबारे परीक्षाको घडी आएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आज एक स्ट्याटस लेख्दै बाँस्कोटाले नेकपाको दोस्रो पुस्ताले सार्थक सैद्धान्तिक,वैचारिक,साङ्गठनिक हस्तक्षेपगरी पार्टी विभाजन रोक्न पहल गर्ने समय आएको बताउनुभएको हो ।

‘नेकपाको दोस्रो पुस्ता (शङ्कर,जनार्दन,प्रदीप,टोपबहादुर,योगेश,सुरेन्द्र,विष्णु) हरू लगायतका नेताहरूको काँधमा पार्टी विभाजन गर्ने की रोक्ने भन्ने जिम्मेवारी आएको उहाँले उल्लेख गर्नुभएको हो ।

‘विभाजित टुकडीको कम्पनी कमाण्डरमा चित्त बुझाउनेकी विशाल पार्टीमा सार्थक सैद्धान्तिक,वैचारिक,साङ्गठनिक हस्तक्षेपद्वारा एकिकृत पार्टीको नेतृत्व गर्ने?’ उहाँले लेख्नु भएको छ ।


Your Views
Related News