अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १ देखि लागू हुनेगरी विशिष्ट उच्चपदस्थ पदाधिकारीको तलब वृद्धि गरेको छ । आजको कन्तिपुरमा छापिएको समाचार अनुसार सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ ।

स्रोतअनुसार राष्ट्रध्यक्षको तलब मासिक २७ हजार ८१ लाख रुपैयाँ बढेको छ । राष्ट्रपतिको तलब १ लाख ५० हजार ४०० बाट बढेर १ लाख ७७ हजार ५३१ पुगेको छ भने उपराष्ट्रपतिको तलब मासिक १ लाख ६ हजार ३० बाट बढेर १ लाख १५ हजार ११५ पुगेको छ । त्यसैगरी प्रधानमन्त्रीको तलव ७७ हजार २८० बाट बढेर ९१ हजार १९० पुगेको छ ।

यसअघि जेठ १५ मा ल्याइएको बजेटमा राष्ट्रसेवक (कर्मचारी) को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायब सुब्बासम्मको २० र अधिकृतदेखि मुख्य सचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरेको थियो । यसबाट राज्यकोषमा वार्षिक १० करोड रुपैयाँभन्दा बढी व्ययभार थपिएको छ । त्यतिबेला विशिष्ट पदाधिकारीको तलबबारे कुनै निर्णय नगरेको सरकारले अहिले मन्त्रिपरिषद् निर्णय गर्दै वृद्धि गरेको छ ।


Your Views
Related News