कालापानी, लिम्पियाधुराबाट सैनिक फिर्ता गर्न भारत तयार भएको छ – डा. भट्टराई
काठमाडौं, ११ मंसिर । भारतीय कब्जामा रहेका नेपालका अभिन्न भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराबाट सैनिक फिर्ता गर्ने विषयमा वार्ता गर्न भारत तयार भएको छ।

नेपाली उक्त भूभागका विषयमा द्विपक्षीय वार्ताकालागि भारत तयार भएको प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले दा´वी गरेका हुन्।

भारतीय विदेश सचिव हर्षवर्दनको आजबाट हुने नेपाल भ्र´मणको सन्दर्भमा रेडियो कान्तिपुरसँग कु´राकानी गर्दै डा. भट्टराईले सो दा´वी गरेका हुन्।

विदेश सचिव हर्षवर्दनको भ्र´मणका क्र´ममा उक्त विषयमा समेत वार्ता हुने भट्टराईले जानकारी दिए।

नेपालसँगको सीमा क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरेका स्थायी संरचनाका कारण नेपाली भूभाग परेको विषयमा समेत कुराकानी हुने भट्टराईले दा´वी गरेका छन्।

२ दिने भ्र´मणमा भारतीय विदेश सचिव आज नेपाल आउँदै

भारतीय विदेश सचिव हर्षवर्दन शृङ्गल दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनी बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन्। परराष्ट्र अधिकारीका अनुसार श्रृंगालाले बिहीबार सचिव पौड्यालसँग औपचारिक वार्ता गर्ने तय भएको छ । त्यसलगत्तै श्रृं´गलाले राष्ट्रपति, प्रधानमन्त्रीसँग शि´ष्टाचार भेट गर्नेछन् ।

भेटमा दुई देशबीचको सम्बन्ध र भविष्यमा दुई देशबीच हुने उच्चस्तरीय भ्र´मणका बारेमा कुराकानी हुने बताइएको छ । यसैबीच, शुक्रबार भने श्रृं´गलाले कू´टनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारहरू माझ भारतको छिमेक नीति, नेपाल-भारत सम्बन्धलगायतका विषयमा सम्बोधन गर्नेछन् ।

विदेश मामिलासम्बन्धी थिं´कट्यांक एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा विदेशसचिव शृंगलाले होटेल सोल्टीमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यस कार्यक्रममा थिंक ट्यां´कका व्यक्तित्व, राजनितिज्ञ, सरकारी एजेन्सीका कर्मचारी, कू´टनीतिज्ञ, शैक्षिकका व्यक्तित्व, व्यापारी सहभागी हुनेछन्।


Your Views
Related News