चिनियाँ रक्षामन्त्रीलाई उच्च महत्व, गृहमन्त्री थापाद्वारा विमानस्थलमा स्वागत

काठमाडौं, १४ मंसिर । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणको औपचारिक घोषणा हुनु अघि नै चासो बढेको थियो । नेपाल मामलामा चासो बढाएको चीनबाट उच्च तहमा भएको भ्रमणलाई नेपालले पनि निकै महत्व दियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेङ्हेको स्वागतमा गृहमन्त्री रामबहादुर थापा बादल नै पुगे ।

चीनका मन्त्रीलाई स्वागत गर्न सरकारको वरिष्ठ मन्त्री नै पुग्नुलाई सरकारले दिएको महत्व प्रष्ट हुन्छ । गृहमन्त्री बादल प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलपछि सरकारको वरियतामा तेस्रो स्थानमा छन् । चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मालगायत पनि पुगेका थिए


Your Views
Related News