ओली र प्रचण्डबीच वालुवाटारमा भनाभन : झण्डै हात हालाहाल

मंसिर १६, काठमाण्डौ । स´त्तारुढ दल नेकपाको सचिवालयको आजको बैठकको सुरुमै महासचिव विष्णु पौडेलेको जन्मदिनको केक का´टिएको थियो । केक का´टेर पौडेललाई सबैले जन्मदिनको शुभकामना दिएको तस्वीर सुरुमै बाहिरिएको थियो ।

निकै तिक्ततापूर्ण अवस्थामा बसेको बैठकलाई पौडेलको जन्मदिनको माहोलले शान्त बनाउने अपेक्षा गरिएको थियो । तर बैठक सुरु नै आक्रमक बन्न पुग्यो । बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए । अर्का अध्यक्ष केपी ओलीले बोल्न सुरु गरे र प्रचण्डसँग एजेण्डा सोधे । प्रचण्डले प्रतिवेदनमाथिको छलफल नै एजेण्डा भएको भनेपछि ओलीले प्रचण्डको प्र´स्ताव फिर्ता लिनुपर्ने अ´डान लिए र

तर प्रचण्डले प्रतिवेदनमाथि छलफल नभै निकास नसिस्कने बताए । प्रतिवेदनमाथि छलफल गर्न नचाहेका ओली त्यसपछि प्रचण्डमाथि खनिए । ओलीले प्रचण्डलाई कहाँबाट संचालित हो तपाई भन्दै प्रश्न मात्रै गरेनन्, पार्टी फु´टाउनकै लागि एकता गरेको आ´रोप लगाए ।

ओलीले आरोप लगाएपछि प्रचण्ड पनि चुप लागेनन् । ओलीलाई प्रचण्डले गुट बनाउने, भ्र´ष्टाचारलाई प्रश्रय दिने र दम्भ देखाउने गरेको आ´रोप लगाए ।

ओलीले कार्यकारी प्रचण्डको प्रस्ताव लाञ्छनापत्र मात्रै भएको र यसले पार्टीको शाख गिराउने काम गरेको भनाई पनि राखेका थिए । जवाफमा प्रचण्डले ओलीले उत्तेजित बनाउने गरी बोलेको भन्दै असन्तुष्टी व्यक्त गरे ।

केहीबेरको आ´रोप प्रत्यारोपछि ओलीले प्रतिवेदनमाथि छलफल गर्न इन्का´र गर्दै बैठक नै स्थगित गर्न माग गरेका थिए । ओली र दाहालबीच करिब एक घण्टा भनाभन भएपछि सचिवालयका ७ जना सदस्यले प्रतिवेदनमाथिको छलफल अगाडि बढाउनुपर्ने भन्दै ओलीलाई द´बाब दिएका थिए ।

सचिवालयका एक सदस्यकाअनुसार बैठक स्थगित गर्नुपर्ने ओलीको मागप्रति विष्णु पौडेल मौन बसे भने बाँकी सबैले छलफल हुनुपर्ने बताए ।

ओलीलाई साथ दिदै आएका ईश्वर पोखरेललेसमेत आज प्रतिवेदनमाथिको छलफल अगाडि बढाउनुपर्ने मत जाहेर गरेपछि ओली द´बाबमा परेका थिए । रामबहादुर थापाले पनि ओलीले नै छलफल सुरु गरिसकेकाले अब पछि हट्न नहुने तर्क गरेका थिए ।

बैठकमा वरिष्ठ नेतासमेत रहेका झलनाथ खनालले ओलीलाई तानाशाह निरंकुश बन्न खोजेको आरोप लगाएको ति सदस्यले जानकारी दिए ।

अध्यक्षद्धयबीचको भनाभनले बैठकको वातावरण नै अस्वभाविक बनेपछि खनाल, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो भनाई राखेका थिए ।

उनीहरु सबैले ओलीमाथि द´बाब सृजना गरेका थिए । ओलीले बैठक नै बोलाउन नहुने अ´डान लिएपछि पौडेलबाहेकका सदस्यहरुले आपत्ति जनाएका थिए ।

त्यसपछि भोलिका बैठक बस्न ओली तयार भएका थिए ।


Your Views
Related News