काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो नाममा बनाउन नेता-वकिल देखि सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरु लागि परेको दावी गरेका छन् ।

बौद्ध रामनगरस्थित लाखे पोखरी लोकतान्त्रिक पार्क उद्घाटन गर्ने क्रममा सरकारका उपप्रधान समेत रहेका पोखरेलले काठमाडौंमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेको र त्यसमा राजनीतिक नेता, वकिल देखि सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरु लागेको आरोप लगाएका हुन् ।

काठमाडौंका धेरै ठाउँमा सार्वजनिक सम्पति अतिक्रमण गर्ने, सार्वजनिक जमिन आफ्नो बनाउने नेटवर्किङ सेटिङ नै चलेको उनको दावी छ । नेटवर्किङ सेटिङमा राजनीतिक नेता, वकिल र सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरु संलग्न हुने गरेको उनले बताए


Your Views
Related News