दुई अध्यक्षले छाडे हामी पार्टी र सरकार चलाउन तयार छौं : मन्त्री पुन

काठमाडौं : उर्जा मन्त्री एवम् नेपाल क´म्युनिष्ट पार्टीका स्थायी क´मिटी सदस्य वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन् । रोल्पाको लाकुरीमा सोमबार ३३/११ केभी सबस्टेशनको उ´द्घाटन समा रोहमा मन्त्री पुनले दोस्रो पुस्ता पार्टी र सरकारको ने´तृत्व गर्न तयार रहेको बताएका हुन्।

‘दुबै अध्यक्षले हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं र युवा पुस्तालाई ने´तृत्व दिन तयार छौं भनेर नि´र्णय गर्नुस् हामी दोस्रो पुस्ताका नेता अध्यक्ष र प्रधानमन्त्री चलाउन तयार छौ’ उनले भने, ‘उहाँहरूले भन्न सक्नपर्छ। हामी उहाँहरूलाई अभिभावक मान्न तयार छौं। तर यो आवेग र उत्तेजनामा आएर गर्ने होइन। हामीले विधिसम्मत ढं´गले टुं´गो लगाउनु पर्छ। हामी त्यसका लागि तयार छौ।’

उनले नेकपाभित्रको बहसले सिंगो देशको राजनीति प्र´भावित भएको भन्दै उनले स´त्तारूढ पार्टीको बहस भएकाले यस्तो भएको बताए। जनताको म्यान्डेटले एकता भएकोले एकता कमजोर नहुने बताए। ‘पार्टीको विवादले देशमा समस्या हुन्छ कि भन्ने चिन्ता छ। हामी त्यसमा जान दिँदैनौ। संविधानले प्रदान गरेको अधिकार गुम्न दिँदैनौं,’ उनले भने,’पार्टीको बहस कहिले उच्च प्रवाहमा र कहिले न्यूनमा हुन्छ।

यसले पार्टीलाई नयाँ ठाउँमा पुर्‍याउँछ। ठूला वि´वादको निरूपण महाधिवेशनबाट गर्छौं। साना विवादको निरूपण केन्द्रीय कमिटीले गर्छ।’ पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व नयाँ ने´तृत्वलाई दिन चाहेको बताउँदै आएका छन्।


Your Views
Related News