वामदेव गौतमलाई उपप्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । आन्तरिक वि´वाद उत्कर्षमा पुगेपछि अबको खेल बहुमत अल्पमततिर उन्मुख भएको छ । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहितको प्रतिवेदन पेश गरेपछि उत्कर्षमा पुगेको सत्तारुढ दल नेकपाभित्रको वि´वाद प्रधानमन्त्री ओलीले जवाफी प्रतिवेदन पेश गरेपछि केही मथ्थर हुने अनुमान गरिएको भएपनि बहुमत अल्मततिर उन्मुख भएको हो ।

वामदेव गौतमलाई सरकारमा उपप्रधानमन्त्री दिएर भएपनि ओलीले आफ्नो पक्षमा बहुमतको कसरत गरिरहेको छ तर गौतमले कुनै पनि जवाफ दिएका छैनन । सचिवालय बैठकमा छलफल गरेर टुं´ग्याउने गरी प्रयास थालिएको भएपनि दुवै पक्ष आमुन्ने सामान्नु हुनेगरी तयारी गरिरहेका कारण दुवै पक्ष बहुमतको जोड घ´टाउतिर लागेको स्रोतको दावी छ ।


Your Views
Related News