ओलीले अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सिनेवाला छैन – नेता नेपाल

काठमाण्डौँ । स´त्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेश र संसद विघ´टन गर्ने ध´म्की नदिन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई चे तावनी दिएका छन् ।

बुधबार फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सले आयोजना गरेको वेबिनारमा बोल्दै वरिष्ठ नेता नेपालले कसैले तर्साएर कोही पनि नतर्सिने भन्दै प्रधानमन्त्रीलाई यस्तो चे तावनी दिएका हुन् । उनले भने, ‘ध´म्की ध´मास देखाएर, पार्टी फो´डिदिन्छु, संसद विघ´टन गरिदिन्छु, इमर्जेन्सी लगाइदिन्छु, अध्यादेश ल्याइदिन्छु भनेर ओलीले तर्साएर कोही तर्सिनेवाला छैन ।’

उनले प्रधानमन्त्री अ‍ोलीको व्यस्तताका कारण आजको सचिवालय बैठक स्थगित भएको बताए । उनले बैठक लम्ब्याउँदै जाँदा पार्टी जनतामा बदनाम भइरहेको बताएका हुन् ।

उनले महाधिवेशन अगावै अध्यक्ष ओलीलाई दुवै पदबाट हटाउनुपर्ने बताएका छन् । बरिष्ठ नेता नेपालले गत चैतदेखि नै यस्तो अभियान चलाएको जानकारी दिएका छन् । ‘कसैको पनि अधिनायकवाद र मनपरीतन्त्र चल्दैन । यो दुईवटा अध्यक्षबीचको एकता होइन । यो समग्र पार्टीपंक्तीको एकता हो’, उनले भने ।


Your Views
Related News