काठमाण्डौँमा प्रचण्ड – माधव पक्षले युवा विद्यार्थीको भेला गर्दै
काठमाडौं । स´त्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वि´वाद तलतल फैलँदो क्रममा छ । शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले काठमाडौंको थापाथली क्याम्पसमा युवा–विद्यार्थी भेलाको आयोजना गर्दैछ ।

भेलालाई स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पार्टी केन्द्रीय सदस्य हरि पराजुलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूका नेता दीपक बुढाथोकीले जानकारी दिए ।

“पार्टीमा के भइरहेको छ भनेर कार्यकर्तालाई सुसूचित गर्न भेलाको आयोजना गरिएको हो,” उनले भने, “कार्यक्रममा अनेरास्ववियू, युवा सङ्घका वर्तमान र निवर्तमान नेताहरूको सहभागिता रहनेछ ।”

पार्टीभित्र वि´वाद बढ्दै जाँदा दुवै समूहले भेला, बैठकमार्फत् आफ्ना कुरा राख्न थालेका छन् । अन्तरवि´रोध तलतल लैजान थालेका छन् ।


Your Views
Related News