केपी ओली स´ङ्कटकाल लगाउने र संसद् वि´घ´टन गर्नेतर्फ लाग्नुभयाे : वामदेव गौतम

काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ अग्रसर भएको आ´रोप लगाउनुभएको छ । बिहीबार निवासमा भे´ट्न आएका युवा विद्यार्थीसँगको कुराकानीमा नेता गौतमले प्रधानमन्त्री ओली पार्टी एकता जोगाउन भन्दा पनि विभाजनतर्फ अग्रसर भएको जि´किर गर्नुभयो ।

उपाध्यक्ष गौतमले बैठकमा दुईजना अध्यक्षको छुट्टाछुट्टै द´स्तावेज पेस भएको र ती प्रस्तावहरू छलफलद्वारा टुङ्गो लगाइने बताउनुभयो । ‘प्रस्तावहरू सचिवालयमा छलफल गरेरै टुंगो लगाइन्छ । त्यहाँ भएन भने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा जान्छ,’ गौतमको भनाइ उ´द्धृत गर्दै अनेरास्ववि´यूका विद्यार्थी नेता माधव पन्तले भन्नुभयो ।

आफू एकताकै पक्षमा भएको र विद्यार्थी नेताहरू पनि एकता जोगाउनका लागि लाग्नुपर्ने नेता गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईं विद्यार्थी नेताहरू पनि एकता जोगाउनका लागि लाग्नुस् । म पूरा रूपमा एकताकै पक्षमा छु। मैले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका खेलिरहेको छु ।’

गौतमले प्रधानमन्त्रीले बैठकमै नआउने, बैठक ब´हिष्कार गर्ने गरेर कम्युनिस्ट विधि, आचरणवि´परीत व्यवहार प्रदर्शन गरेको आरोप लगाउनुभयो । ‘प्रधानमन्त्री ओली बैठकमै नआउने, बैठक ब´हिष्कार गर्ने यो कम्युनिस्ट विधि, आचरणअनुसार भएन,’ नेता गैतमले भन्नुभयो ।

प्रधानमन्त्री ओलीे स´ङ्कटकाल लगाउने, संसद् विघटन गर्नेतर्फ लाग्नुभएको पनि नेता गौतमले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,
‘प्रधानमन्त्रीको शैली हेर्दा पार्टी मिलाउनुपर्छ । एकता बचाउनुपर्छ भन्ने छैन, स´ङ्कटकाल लगाउने, संसद् विघ´टन गर्नेतर्फ उहाँ लाग्नुभएको छ ।’


Your Views
Related News