मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले दिए मन्त्रीलाई यस्तो डाइलग

काठमाण्डौँ । मन्त्रिपरिषदको बिहिवार बसेको वैठकले वनमन्त्रालयमा कार्यरत सहसचिव प्रेम कंडेललाई सचिवमा बढुवा गरेको छ । उनको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय समेत भएको छ ।

करिव एक घण्टा चलेको वैठकमा केही हुनसक्ने अनुमान गरिएपनि त्यस्तो महत्वपूर्ण निर्णय भने केही भएन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठकअघि राष्ट्रपति विद्या भण्डारीलाई शितल निवास पुगेर भेटवार्ता गरेका थिए । वैठकमा प्रधानमन्त्रीले केही मन्त्रीहरुलाई लक्षित गरेर घो´चपेच गरेको स्रोतको दा´वी छ ।

उनले वैठक सुरु हुनुअघि पुर्व माओवादीका मन्त्रीहरुलाई लक्षित गरेर मन्त्रीज्युहरु भ्रमणमा हुनुहुन्छ, तपाईहरुका धारणाहरु विभिन्न माध्यमहरुबाट सुनिरहेको छु भन्दै घो´चपेच गरेको प्रधानमन्त्री नि´कट एक मन्त्रीले बताए । प्रधानमन्त्री ओलीले त्यसो भनेपछि मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुले मुखामुख गरेका थिए ।

प्रधानमन्त्री ओलीले उर्जामन्त्री वर्षमान पुनलाई लक्षित गरेर भनेको धेरैले अनुमान लगाएका छन् । मन्त्री पुनले आफुसंग विमती राख्ने मन्त्रीहरुलाई प्रधानमन्त्रीले पुर्वाग्रह सांध्ने गरेको बताएका थिए ।

प्रधानमन्त्रीको राजनीतिक प्रतिवेदन कित्ताकाट गर्ने हिसावले आएको भन्दै उनले त्यो बेठिक भएको बताएका थिए । त्यसका साथै दास्रो पुस्ताका नेताहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष चलाउन सक्षम भएको धारणा समेत पुनले राखेका थिए ।


Your Views
Related News