भ´ष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता: प्रधानमन्त्री ओली

काठमाडौं, मंसिर २४। संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज डिसेम्बर ९ का दिन विश्वभर ‘सदाचारका साथ पु´नरुत्थान’ भन्ने मूल सन्देशका साथ भ्र´ष्टाचार वि´रुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।

भ्र´ष्टाचार ज´टिल सामाजिक, राजनीतिक र आर्थिक तत्व हो जसले सबै देशलाई उल्लेखनीय असर पु¥याउँछ । भ्रष्टाचारले लोकतान्त्रिक संरचना र संस्थालाई क्षति पु¥याउनुका साथै निर्वाचित सरकारलाई अस्थिर बनाउँछ र आर्थिक विकासमा सु´स्तता ल्याउँछ ।

भ्रष्टाचारले लोकतान्त्रिक संरचना, नियम, का´नुनमा क्षति पु¥याई कर्मचारीतन्त्रलाई घु´सको द´लदलमा फ´साउँछ । भ्र´ष्टाचारले आर्थिक विकास ठ´प्प पारेर प्रत्यक्ष वैदेशिक लगानी ह´तोत्साही गर्छ र देश भित्रकै लगानीकर्तालाई पनि लगानी ख´र्च जुटाउनै कठिन पर्छ ।

त्यसैले रा´ष्ट्रसङ्घको महासभाले भ्र´ष्टाचार वि´रुद्ध संयुक्त रूपमा ल´ड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित ग¥यो । सन् २००५ देखि लागू भएको यस महासन्धिलाई नेपालले अ´नुमोदन पनि गरिसकेको छ । महासन्धि अनुसार नै नेपाललै सम्पत्ति शु´द्धीकरण गठन गरेको छ । त्यति मात्रै होइन भ्र´ष्टाचार वि´रुद्ध ल´ड्न संवैधानिक र का´नुनको सर्वोच्चता अङ्गीकार गरिएको छ ।

यस दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सन्देशमा भ´ष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताएका छन् । उनले को´भिड–१९ को महामारीलाई पारित गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिएका छन् ।


Your Views
Related News