किन आए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले ?

काठमाडौं, २५ मंसिर । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले नेपाल भ्रमणमा छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स´त्तारुढ नेपाल कम्यु´निस्ट पार्टीका प्रभावशाली नेताहरुलाई आज भेटेका छन् ।

चौथाइवाले नेकपाका महासचिव विष्णु पौडेलको निमन्त्रणमा नेपाल आएका हुन् । उनले सामाजिक सञ्जालमा पौडेलको निम्तोमा आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीसँगको भेटको तस्बिर पनि सार्वजनिक गरेका छन् । पछिल्लो समय भारतबाट सैन्य, गु´प्तचरसहितको कर्मचारी तहमा नेपाल भ्रमण भइरहँदा चौथाइवाला नेपाल आएका हुन् ।

चौथाइवालाले प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशको सम्बन्ध र भविष्यमा कसरी अगाडि बढ्ने भन्नेबारे कु´राकानी गरेको बुझिएको छ । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् । त्यसैले उनले मोदीको सन्देश समेत लिएर आएको विश्वास गरिएको छ ।

वैज्ञानिक समेत रहेका डा. चौथाइवालेले यसै वर्ष विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका थिए । उनी नेपाल भारत सम्बन्धबारे विभिन्न वेविनारमा समेत सहभागी भए ।


Your Views
Related News