नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायोः अध्यक्ष दाहाल

काठमाडौं, २५ मसिर । नेपाल क´म्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा नि´धन भएको छ । को´रोना भाइरसको स´ङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको नि´धन भएको हो ।

विसं २००८ फागुन ९ गते पिता चन्द्रसिं र आमा मिश्रीमायाका कोखबाट जन्मनुभएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट क´म्युनिष्ट पार्टीको सदस्य बन्नुभएको थियो । लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्य भएका थिए। विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बन्नुभएका उहाँले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए । दि´वङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको नि´धनप्रति दुःख व्यक्त गर्दै उहाँको निधनले नेकपाले जुझारु एवं बौद्धक व्यक्तित्व गुमाएको बताएका छन् ।

आज दिनुभएको शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली क´म्युनिष्ट आ´न्दोलनमा महत्वपूर्ण भूमिका नि´र्वाह गरेका लामा ह´क्की र नि´डर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आ´न्दोलनमा अ´ग्रमोर्चामा रहनुभएको स्मरण गर्नुभएको छ । अध्यक्ष दाहालले भनेका छन्, “जुझारु, बौद्धिक व्यक्तित्वका धनी क´मरेड लामाको नि´धनले सं´विधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उनको अभावको महसुस गरेको छु ।”

अध्यक्ष दाहालले दि´वङ्गत नेता लामाप्रति श्र´द्धाञ्जलि अ´र्पण गर्दै शो´कसन्तप्त परिवार तथा आफन्तजनमा स´मवेदनासमेत व्यक्त गरेका छन्।रासस


Your Views
Related News