समयमै निःशुल्क खोप उपलब्ध गराउन छलफल

काठमाडौं, २६ मंसिर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले को´रोनावि´रुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा स´ङ्घीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या र सं´स्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, मुख्यसचिव र सचिवसँग जनतालाई समयमै निःशुल्क खो´प उपलब्ध गराउनेबारे सरकारका निर्ण´य र त्यसमा भइरहेको प्रगतिबारे छलफल गरेका छन्।

“समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो”, को´भिड–१९ स´ङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का निर्देशक समितिका संयोजक पोखरेलले भने, “त्यसबाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अ´नौपचारिक छलफल ग¥यौंँ ।”

को´भिड कोषको खर्च विवरण सार्वजनिक गरिने

सिसिएमसीमा आ´बद्ध मन्त्रीहरुसमेतको बैठकले को´भिड नियन्त्रणसम्बन्धी कामका बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गरिने नि´र्णय पनि गरेको छ । सीमाविन्दुमा स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने गरी उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार करार सेवामा नि´युक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।

साथै को´भिड नियन्त्रणमा ख´टिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा दे´खापरेका केही व्या´वहारिक कठिनाइका सम्बन्धमा पनि छलफल भएको जनाइएको छ । को´भिड को´षको खर्च विवरण जनतासमक्ष सार्वजनिक गर्ने नि´र्णय पनि भएको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए


Your Views
Related News