गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीको आ´ह्वान

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको स´ङ्घर्षबाट प्राप्त सङ्घीय लो´कतान्त्रिक गणतन्त्रको उपलब्धिको र´क्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आ´ह्वान गरेका छन् ।

स´ङ्घीय सं´सद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानवि´रोधी र हिं´सात्मक गतिविधि स´ह्य नहुने स्पष्ट गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कोभिड–१९ वि´रुद्धको रो´कथाम, लोकतान्त्रिक आ´न्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानवि´रोधी गतिविधिलगायत वि´षयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्रीले को´भिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पारेका थिए । बैठकमा स´त्तारुढ नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो । रासस


Your Views
Related News