गोरखपुर हुँदै स्थलमार्गबाट नेपाल भ्रमणमा आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले

काठमाडौं, २५ मंसिर । भारतीय जनता पार्टीका वि´देश विभाग प्रमुख डा. विजय चौ´थाइवाले तीन दिवसीय नेपाल भ्रमण पूरा गरी शनिबार भारत फर्किएका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको निमन्त्रणमा आएका चौथाइवाले स्थल मार्ग हुँदै बिहिबार विहान नेपाल आएका थिए ।

चौथाइवाले गोरखपुरबाट स्थलमार्ग हुँदै भैरहवा प्रवेश गरी काठमाडौं आएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स´त्तारुढ नेपाल कम्यु´निस्ट पार्टीका प्रभावशाली नेताहरुलाई भेटे ।

चौथाइवालाले प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशको सम्बन्ध र भविष्यमा कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी गरेको बुझिएको छ । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् । त्यसैले उनले मोदीको सन्देश समेत लिएर आएको विश्वास गरिएको छ ।

वैज्ञानिक समेत रहेका डा. चौथाइवालेले यसै वर्ष विदेश विभाग प्रमुखको जि´म्मेवारी पाएका थिए । उनी नेपाल भारत सम्बन्धबारे विभिन्न वेविनारमा समेत सहभागी भए ।

चौथाइवालेले अधिकांश ओली पक्षीय नेताहरुसँग भेट गरे । उनको भेटलाई अ´र्थपूर्ण मानिएको छ ।


Your Views
Related News