केपी शर्मा ओली यति तलसम्म झर्नुहुन्छ भनेर मैले कल्पनासमेत गरेको थिईनँ : डा. रिजाल (भिडिओसहित)

काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. मिनेन्द्र रिजालले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको आ´क्रमणलाई लिएर निन्दा गर्दै उनले यसको कुनै सिमा नभएको टिप्पणी गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजाले भने-“रामचन्द्र पौडेल हाम्रो नेतामाथि जुन किसिमले आ´क्रमण भयो, यसको त कुनै सिमा छैन् । केपी शर्मा ओली यत्ति तलसम्म झर्न सक्नुहुन्छ भनेर मैले कल्पनापनि गरेको थिईनँ । यसरी लामो समयसम्म आफ्नो आस्थाको लागि लडेको मान्छे, सत्तामा भएपछि आफ्नो सत्ताको दु´रुपयोग गर्छन् भनेर मैले कल्पनासमेत गरेको थिईनँ ।”

रामचन्द्र पौडेललाई आ´क्रमण नगरेको भए आज कांग्रेसमा सडकमा जाँदैनथियो, बरु सुतेर बस्दथ्यो त्यो त सही हो नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा नेता रिजालले भने-“हामी यो बाटोबाट चल्दैन् । नि´र्वाचित अधिनायकवा´दी सत्ता चल्न सक्दैन् । ओलीले नि´र्वाचित स´त्तावादी सोचबाट काम गर्नुभएको छ । निर्वाचित मान्छेले नियम, का´नून, सं´विधान मानेर सत्ता चलाउनुपर्छ । त्यो भन्दा बाहिर चलाउन पाउँदैन् । यो संविधानले संसद राखेको छ । संविधानले अदालत राखेको छ । विभिन्न संवैधानिक निकायहरु राखेको छ । नियम, का´नून र ऐन छन् । त्यो भन्दा बाहिर बसेर सत्ता चलाउन पाईँदैन् ।”


Your Views
Related News