खेताला खोजेर विरोध गर्न थालियोः पूर्वमन्त्री बाँस्कोटा
काठमाडौं, २७ मंसिर । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल क´म्युनिष्ट पार्टी(नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खे´ताला’ खो´जेर वि´रोधमा लगाउने काम शुरु भएको दा´बी गरेका छन् ।
बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्र´द्धाञ्जलिसभालाई आज सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा वि´रोधमा लगाइएको प्र´माण फेला परे´कोसमेत बताए।
“कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर वि´रोधमा लगाउने काम शुरु भएको प्र´माणसहित फेलापरेका छन्”, नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले भने, “यसो भएपछि बाहिर एकताको हल्ला चलाएरभित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन ।” आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत ला´भहानिमा पार्टी विभाजन गर्न नहुने उनको तर्क थियो ।
कार्यक्रममा पूर्वसांसद विदुर सापकोटा, नेकपाका वाग्मती प्रदेश कमिटी सह–इञ्चार्ज हितमान शाक्य, जिल्लाअध्यक्ष रुकु चौलागाईं जिल्ला सचिव टोकबहादुर वाइबालगायतले स्व सिग्देलप्रति श्र´द्धाञ्जलि व्यक्त गरेका थिए । रासस