मन्त्रीले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा उनकै दलका एकजना नेताले मागेका छन् । त्यो पनि प्रदेश १ का आर्थिक मा´मिलामन्त्रीले । ती मन्त्री हुन् इन्द्र आ´ङ्बोहाङ ।

आज झापाको दमकमा ओलीवि´रोधी पक्षको अने´रास्ववियुको भेलामा उनी उपस्थित भएका थिए । भेलालाई सम्बोधन गर्दै आ´ङ्बोहाङले प्रधानमन्त्री ओलीलाई सरकारको ने´तृत्वबाट बि´दाइ गर्नुपर्ने बताए । उनले भने,‘ओली नै अहिलेको मुख्य समस्या हुन्, उनलाई सरकारको ने´तृत्वबाट बि´दाई गरेपछि समस्या हसमाधान हुन्छ ।’

सडकमा रा´जावादी आउनुमा प्रधानमन्त्री ओलीकै हात रहेको आरोप समेत लगाए । सरकार अलोकप्रीय भएको आरोप लगाउँदै जनतामा वितृष्णा आउँदा रा´जावादीले टाउको उठाउन थालेको बताए । ओलीले संघीयता र गणतन्त्र समेत उल्टाउन खोजेको आ´रोप लगाए ।

उक्त भेलामा नेकपा केन्द्रीय सदस्य शिवकुमार मण्डल, अनेरास्ववियूका प्रचण्ड पक्षीय नेताहरु रन्जित तामाङ, सुदेश पराजुलीलगायतको सहभागिता थियो ।


Your Views
Related News