देउवाको उद्घोष : कांग्रेस राजाको पक्षमा छैन, सडकमा नारा लाग्नुमा सरकारको दोष

मकवानपुर, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कां´ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कुनैपनि हालतमा राजा फर्केर आउने सम्भवाना नरहेकोले त्यस्तो भ्रम नराख्न आ´ग्रह गरेका छन् । उनले सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै कराउने हिम्मत कहाँबाट आयो भनेर प्रश्नसमेत तेर्साएका छन् ।

सरकारवि´रूद्ध मकवानपुरमा आज भएको प्रदर्शनमा स´म्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘राजा आऊ, देश बचाऊ भनेर कराइरहेका छन्, कहाँबाट हिम्मत आयो?’ पूर्व प्रधानमन्त्री देउवाले सडकमा राजा आउ देश बचाउ भनेर नारा लाग्नुमा मुख्य दोष पनि प्रधानमन्त्री केपी शर्मा ओलीको नै रहेको जि´किर गरे । उनले थपे,कम्युनिष्ट सरकारको कारणले नै राजा आऊ, देश बचाऊ भनिरहेका छन्। यसमा ओली सरकार जि´म्मेवार छ, कांग्रेस राजाका पक्षमा छैन।


Your Views
Related News