इरानमा पत्रकार रुहोल्लाह जामलाई मृ´त्युदण्ड

२८ मंसिर: इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृ´त्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारवि´रोधी प्रदर्शनहरु भएका थिए ।

अल जजिराले सम्प्रेषण गरेको समाचार अनुसार इरानले सन् २०१९ मा पत्रकार जामलाई गि´रफ्तार गरेको थियो । इरानी सर्वोच्च अदालतले फैसला सुनाएको चार दिनपछि पत्रकार जामलाई मृ´त्युदण्ड दिइएको थियो ।

इ´रानको राज्य नियन्त्रित समाचार संस्था इर्नाका अनुसार पत्रकार जामलाई शनिबार बिहान झु´ण्ड्याएर मृ´त्युदण्ड दिइएको थियो ।

पत्रकार जामलाई मृ´त्युदण्ड दिइनु मानव अधिकारको ठा´डो उ´ल्लंघन भएको जनाउँदै रिपोर्टर्स वि´दाउट बोर्डर्सले आपत्ति जनाएको छ ।

पत्रकार जामले संचालन गरेको टेलिग्राम एप्समा इरानी सरकारले प्रदर्शनकारीमाथि गरेका दु´व्र्यवहारको समयरेखा सहित समाचार सामग्री राखिएको छ । त्यसबखत झ´ण्डै एक हजार प्रदर्शनकारीलाई गि´रफ्तार गरिएको थियो । त्यसक्रममा झ´ण्डै २०० देखि ४०० व्यक्तिको मृ´त्यु हुनुका साथै हजारौं व्यक्ति घाइते भएका थिए ।


Your Views
Related News