एक सय ३६ किलोकी मु´टुरोगी महिलाको नर्भिक अस्पतालमा एकैपटक पाठेघर र पित्तथैलीको शल्यक्रिया

काठमाडौं, २९ मंसिर । मु´टुरोग भएकी १३६ केजी तौलकी एक महिलाको नर्भिक अस्पतालमा पाठेघर र पित्तथैलीको जटिल शल्यक्रिया गरिएको छ । बिरामीको पाठेघरमा अधिक मासु पलाएको र पित्त थैलीको समस्या भएपछि दुईटाको ज´टिल शल्यक्रिया गरिएको हो ।

नर्भिक अस्पतालमा वरिष्ठ स्त्री रोग बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा, बरिष्ठ सर्जन डा. सन्जय पौडेल, बरिष्ठ मु´टुरोग बिशेषज्ञ डा. जेपी जैसवाल र डा. सुरेश लामिछोनेसहितको टिमले करिब साँढे दुई घ´न्टा लगाएर दु´रबिन प्रविधिबाट ललितपुर पाटनकी ३८ वर्षीया रत्ना महर्जनको जटिल शल्यक्रिया गरेका हुन् ।

वरिष्ठ स्त्री रोग बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्माले १३६ किलो तौल भएका बिरामीको दुरबिन प्रविधबाट पाठेघर र पित्तथैलीको एकै पटक शल्यक्रिया गर्नु निकै क´ठिन भएको बताइन् । उनले भनिन्, ‘अस्पतालमा उपलब्ध भएको अन्र्तराष्ट्रिय स्तरको सुविधाका कारण बिरामीको शल्यक्रिया गर्न सहजै सकियो ।’

शर्माले पाठेघरमा अधिक मासु पलाएको र पित्तथैलीको समस्याका कारण बि´रामी सामान्य हिडडुल गर्न नसकोको अवस्थामा भएपछि शल्यक्रिया गरेको बताउदै भनिन्, ‘बि´´रामी श´ल्यक्रिया गरेको दुई दिनमा नै राम्रोसँग हिड्ने अवस्थामा हुनुहुन्छ ।’ उनले शल्यक्रिया गरेको तीन दिन भोली नै डि´स्चार्ज गर्ने जानकारी दिइन् । शरीरमा बढी भएको तौल र मु८´टुको समस्या हुँदा समेत सहज ढंगले शल्यक्रिया सम्पन्न भएकोमा खुशी व्यक्त गरिन् ।

बढी तौल भएकाहरुको पेट चिरेर शल्यक्रिया गर्दा धेरै र´गत बग्ने, घाउ निको हुन समय लाग्ने र घाँउ पाक्ने जस्ता समस्या आउने भएकोले बि´रामीलाई अधिक आराम र सुविधा दिन दुरबिन प्रविधि निकै लाभदायक हुने चिकित्सकहरुको भनाई छ ।

आधुनिक प्रविधि र सुविधा भए उच्च जोखिममा रहेका बढी तौल भएका बिरामीको शल्यक्रिया पनि सहज रुपमा गर्न सकिने डा. शर्माले बताइन् । टेष्ट ट्युब बेवी बिशेषज्ञ समेत रहेकी डा. शर्माले गत असारमा नर्भिक अस्पतालमा नै एक सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती गराएकी थिइन् ।


Your Views
Related News