ओलीले राजतन्त्र ल्याए थाहाछैन- देउवा

हेटौंडा, २९ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथ राजा फ´र्काउने माहोल सृजना गरिरहेको आरोप लगाएका छन् । उनले ओलीकै कारण राजतन्त्रका पक्षमा स´डकमा नारा लाग्न थालेको आ´रोप समेत लगाए ।

‘ओलीकै कारण राजा आऊ देश बचाऊ भन्ने नारा सडकमा लाग्न थालेको छ,’ काँग्रेसको देशव्यापी प्रदर्शनका क्रममा हे´टौंडामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘ओलीले राजतन्त्र ल्याए थाहाछेन ।’ प्रधानमन्त्री ओलीमाथि स´र्वसत्तावादी बनेको आ´रोप लगाउँदै देउवाले लोकतन्त्रवादी गम्भी´र हुनुपर्ने बेला आएको बताए ।

प्रधानमन्त्री ओलीको गणतन्त्रप्रतिको प्र´तिवद्धतामा देउवाले शंका गर्दै उनको कार्यशैली गणतन्त्रविरोधी बन्दै गएको टिप्पणी गरे । उनले प्रश्न गरे,‘ओलीको पालामा किन राजावा´दी चिच्याइरहेका छन् ?’

काँग्रेस कुनै हालतमा राजा फर्काउने पक्षमा नरहेको स्पष्ट पारे । उनले भने,‘राजा फर्कनेवाला छैन ।’ भागेको राजालाई २००७ सालमा फर्काएको तर काँग्रेसलाई नै दुःख दिएको उल्लेख गरे । आफूले पनि राजालाई सहयोग गर्छु भन्दा उल्टै थुनेको स्मरण गराए । काँग्रेस लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा सधै सक्रिय रहेको उनले बताए ।


Your Views
Related News