ओलीविरुद्ध आ´क्रामक रण´नीति बनाउँदै प्रचण्ड,

काठमाडौं, ३० मंसिर । नेपाल क´म्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित निवासमा आकस्मिक भेला राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर नियुक्तिको तयारी गरेपछि प्रचण्डले भा´वी र´णनीतिका लागि भेला डा´केका हुन् ।

बैठकमा नेकपा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु बसेका छन् । उनीहरुले ओलीवि´रुद्ध आ´क्रामक तयारीका लागि छलफल गरिरहेको बुझिएको छ ।

संवैधानिक परिषदमा बहुमतबाट नै निर्णय गर्न सक्ने गरी ओलीले अध्यादेश ल्याएपछि उनीवि´रोधी पक्षले पनि त्यस्तै कठो´र कदम चाल्ने तयारी गरेको हो । केही बेरमै निर्णय गरेर प्रचण्डसहितको समूह अगाडि बढ्ने तया´रीमा रहेको बुझिएको छ । बैठकमा सहभागी एक सचिवालय सदस्यले केही बेरमै नि´र्णय गरेर अगाडि बढ्ने बताए ।-


Your Views
Related News