संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली राजी !

काठमाडौं, १ पुष । स´त्तारूढ नेपाल क´म्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । हिजोमात्रै सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि ने´कपाभित्र वि´वाद झनै चर्किएको छ । पार्टीका शीर्ष नेताहरुले अध्यादेश फिर्ता लिन आग्रह गरिरहेका छन् । आजमात्रै पनि अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीच यो विषयमा छलफल भएको छ ।

नेकपा स्रोतले जनाएअनुसार प्रधानमन्त्री ओली हिजो ल्याएको अध्यादेश फिर्ता लिन राजी भएका छन् । संसदको विशेष अ´धिवेशन बोलाउन माग गर्दै नेकपाका सांसदहरु शितलनिवासमा पुगेपछि ओली द´बाबमा आएका छन् । महासचिव विष्णु प्रसाद पौडेलको सहभागितामा भएको अध्यक्षद्धयको छलफलमा अध्यादेश फिर्ता लिन ओली सहमत भएको बुझिएको छ


Your Views
Related News