ओली-प्रचण्ड निर्णायक संघर्षमा, नेकपा दु´र्घटना नजिक

काठमाडौं, १ पौष । नेपाल क{म्युनिस्ट पार्टीरुपी सवारीमा अहिले दुईजना चालक छन् । एकजना एकातर्फ सवारीलाई लान खोजिरहेका छन् भने अर्काचाहिं अर्कातर्फ । नेकपाभित्र दुई चालकको यही द्व´न्द्वले दु´र्घटनाको अवस्था ल्याएको छ ।

यसपटक नेक´पाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै आ´क्रामक बनेका छन् । दुवैले एक अर्कालाई असफल प्रमाणित गर्न राजनीतिक प्रस्ताव सचिवालय हुँदै स्थायी कमिटीमा पुर्याएका छन् । जुन एक अर्कावि´रुद्ध आ´रोपले भरिएको छ । ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदनलाई आ´रोपपत्रको सं´ज्ञा दिएका छन् ।

पार्टी बैठकमा प्रचण्ड आक्रामक बनेपछि ओलीले घ{टनालाई अन्यत्र मोडिदिएका छन् । उनले सं´वैधानिक परिषदको बैठक डा´केर सं´वैधानिक निकायमा नियुक्तिको तयारी गरे । तर, त्यसमा पनि आफूले रोजेकालाई नियुक्त गर्न खोजे । यसमा ओलीलाई असफल बनाउन प्रचण्डले अर्को का´र्ड प्रयोग गरे । सभामुख अग्नि सापकोटा संवैधानिक परिषदको बैठकमा सहभागी भएनन् ।

प्रचण्डले ओलीलाई संवैधानिक निकायमा नियुक्त गर्न रोक्न खोजेपछि ओली फेरि आ´क्रामक बने । उनले अध्यादेश ल्याएर संवैधानिक परिषदसम्बन्धी ऐन नै सं´शोधन गरे । बैठक राखी नि´र्णय त गरेनन् तर त्यसको तयारी गरिसकेका छन् ।

ओलीलाई अध्यादेश फिर्ता गराउन नेकपाभित्रबाट प्रचण्डले द´बाब सृजना गरिरहेका छन् । तर, ओली मानिरहेका छैनन् । विश्वस्त स्रोतका अनुसार उनले यसमा पनि शर्त राखेका छन् । संवैधानिक निकायमा नियुक्तिमा सहमति देखि स्थायी कमिटीमा पुगेको राजनीतिक प्रतिवेदन फिर्ता सम्मको शर्त ओलीको छ । तर, प्रचण्ड मानेका छैनन् ।

ओलीले फेरि अन्य अध्यादेश समेत ल्याउने संकेत गरेका छन् । संसदको विशेष अधिवेशनका लागि २५ प्रतिशत सांसदको हस्ताक्षर लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेकपाका ओलीइतर समूहका नेताहरु पुगेका छन् । अधिवेशन डाक्नुपर्ने वाध्यात्मक अवस्था आएमा ओलीले फेरि अध्यादेश ल्याउन सक्नेछैनन् । त्यस्तो अवस्थामा उनीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता हुनसक्छ । यसलाई बुझेका ओलीले क´ठोर कदम चाल्ने सम्भावना पनि रहेको छ । त्यो अवस्था भनेको संसद बिघ´टन देखि मध्यावधि चुनावको घोषणा पनि हुनसक्छ ।

जहिले पनि राजनीतिमा आ´क्रामक बन्दै आएका ओली र प्रचण्ड दुवैको शक्तिसंघर्षले नेकपालाई दु´र्घटना नजिक पुर्याएको छ । यसले देशको राजनीतिक व्यवस्थालाई नै जो´खिममा पारेको छ ।


Your Views
Related News