सकियो नेकपा अध्यक्षद्वयबीचको छलफल

काठमाडौँ, १ पुस: पार्टीभित्रको वि´वाद समाधानलगायत विषयमा स´त्तारूढ नेपाल कम्यु´निष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । उनीहरुको छलफल सकिएकाले स्थायी कमिटीको बैठक आरम्भ हुने अपेक्षामा नेताहरु छन् ।

अपराह्न १ बजेका लागि तो´किएको बैठक १ः३० बजेसम्म शुरु भएको छैन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच छलफल भएको जानकारी दिए । स्थायी कमिटी सदस्य गणेश शाहले बैठक कक्षमा अध्यक्ष दाहाललगायत नेताहरु उपस्थित हुनुभएको र प्रधानमन्त्री उपस्थित भइनसक्नुभएको जानकारी दिए ।-रासस


Your Views
Related News