स्वास्थ्य सामाग्री खरिदमा भ्र´ष्टाचार भएको लेखा समितिको ठहर, अ´ख्तियारलाई छानविनका लागि पत्र काटिने

काठमाडौं, ३ पौष । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भ्र´ष्टाचार भएको ठहर गर्दै संसदको सार्वजनिक लेखा समितिले का´रबाहीका लागि प्रक्रिया बढाउन अ´ख्तियार दु´रुपयोग अनुसन्धान आयोगलाई पत्र का´ट्ने नि+र्णय गरेको छ । आज बसेको लेखा समितिको बैठकले कोरो´ना भा´इरसको रो´कथामका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको ठ´हर गर्दै यस्तो नि´र्णय गरेको हो ।

लेख समितिका सचिव रोजनाथ पाण्डेले स्वास्थ्य सामाग्री खरिद प्रक्रिया नियमसंगत नभएको भन्दै का´रबाहीका लागि अ´ख्तियार दु´रुपयोग अनुसन्धान आायोगलाई पत्र पठाउने नि´र्णय भएको जानकारी दिए । उनले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामाथि प्रश्न उठाउँदै संलग्न पदाधिकारीमाथि छानविनका लागि पत्र पठाइएको बताए ।

सरकारले को´रोना भा´इरसको रो´कथामका लागि १२ चैत्र २०७६ मा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो । उक्त सम्झौता वि´वादमा परेको थियो । बजार मूल्यभन्दा महङ्गो मूल्यमा खरिद सम्झौता भएको भन्दै भ्र´´ष्टाचारको आशंका भएका थिए ।


Your Views
Related News