जो´खिम कायमै छ, विद्यालय पुनःसञ्चालन नगर्नुस्

काठमाडौँ, ३ पुस: को´भिड–१९ म´हामारीको जो´खिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ । केही दिनअघि विज्ञसँगको छलफलमा कामपाले कम्तीमा पनि यही पुस एक महिना विद्यालय नखोल्न र वैकल्पिक अध्ययन अध्यापनको माध्यमलाई निरन्तरता दिन भनेको छ । काठमाडौँ उपत्यकामा भा´इरसको स´ङ्क्रमण कुन अवस्थामा छ, यकिन छैन अहिले जाडो मौसम छ सामान्य अवस्थामा अहिले विद्यालय बन्द नै रहन्थे । यो मौसम भा´इरस फैलिन उपयुक्त भएकाले पनि विद्यालय खोल्न हत्तारिनु हुँदैन छलफलमा विज्ञले सुझाव दिए ।

पछिल्लो समय पाँच हजारको परीक्षण गर्दा कम्तीमा पनि एक हजारमा भा´इरस पोजेटिभ देखिएको भन्दै कामपाले तत्काल भौतिक सहभागितामा विद्यालय पुनःसञ्चालन नगरी वैकल्पिक माध्यमलाई नै निरन्तरता दिन सुझाएको हो । महामारी नियन्त्रण आइनसकेको अवस्थामा विद्यालयको शैक्षिक गतिविधि अगाडि बढाउन गत कात्तिक २० गते मन्त्रिस्तरीय निर्णयले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ स्वीकृत गरी स्थानीय तहलाई जिम्मा दिएको थियो ।

यही निर्णयलाई आधार मान्दै सञ्चालनमा आएका केही विद्यालय पनि स´ङ्क्रमण देखिएपछि पुनः बन्द रहेको भन्दै कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले अहिले को´भिडको ड´र कम भए पनि स´ङ्क्रमणको ख´तरा कम नभएको बताए । काठमाडौँ र ललितपुर र भक्तपुरका केही स्थानमा घनाबस्ती भएकाले जो´खिम पनि बढी नै छ । त्यहाँ स´ङ्क्रमण हरेक दिन देखिएकै छ, विद्यालय सञ्चालन गरेपछि छात्राबास खोल्ने कुरा आउँछ । विद्यालयका सवारी चलाउने कुरा आउँछ । त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, विद्यालय खोल्न हतार गरेर भोलि थेग्न नसक्ने समस्या नि´म्त्याउनु हुँदैन । बरु वैकल्पिक शिक्षालाई नै मजबुद बनाउने ढकालले भने । हाल कामपामा ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय रहेका छन् ।


Your Views
Related News