काठमाडौं । तत्कालिन नेकपा माओवादीले संचालन गरेको शसस्त्र युद्धमा सहभागी भएका लडाकूहरुलाई नेकपाको दाहाल नेपाल समूहले फेरि प्रशिक्षित गर्न लागेको छ ।

युद्धमा सहभागी भएर पनि सेना समायोजनका बेला अयोग्य ठहरिएर बाहिरिएका पूर्व जनमुक्ति सेनालाई उनीहरुले आज प्रशिक्षण दिन लागेका हुन् ।
पुर्व जनमुक्ति सेना संगठन नेपालले नै बृहत् भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा,कोटेश्वरमा दिउसो साढे १२ बजेपछि कार्यक्रम हुने जनाइएको छकार्यक्रममा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाललगायतले प्रशिक्षण दिनुहुने भएको छ । केही पूर्व लडाकूहरुलाई पूर्व माओवादी नेता रामबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा लैजान लागेका बेला अर्को पक्षले प्रशिक्षणको आयोजना गरेको हो ।

पूर्व माओवादी नेताहरु नेकपाको दुवै पक्षमा विभाजित भएकाले पूर्व लडाकूहरु पनि दुवै तिर तानातानमा परेका छन् । प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपाका नेताहरु त्यसको पक्ष र विपक्षमा उभिएकाले पार्टी पनि विभाजनको संघारमा पुगेको छ ।औपचारिक र वैधानिक रुपमा विभाजनको टुंगो नलागेपनि नेता तथा कार्यकर्ताहरु स्पष्ट रुपमा दुई धारमा उभिएर एक अर्कालाई चर्को गाली गलौज तथा आरोप प्रत्यारोप गर्न लागेका छन् ।

नेकपाको ओली पक्षले सरकारलाई अर्को पक्षले काम गर्न नदिएकाले निर्वाचन घोषणा गरिएको र निर्वाचनमा जानु पर्नेमा जोड दिदै विभिन्न कार्यक्रमहरु गरिरहेको छ भने दाहाल नेपाल पक्षले प्रतिनिधि सभा विघटन र निर्वाचन घोषणा अवैधानिक भएकाले खारेज हुनु पर्ने माग राख्दै प्रदर्शनमा उत्रिएको छ ।

दोस्रो चरणको आन्दोलन गरिरहेको दाहाल नेपाल समूहले भोली काठमाडौमा वृहत प्रदर्शनको आयोजना गरेको छ । त्यसका लागि दाहाल नेपाल समूहले आज देशैभरी कालो बेलुन उडाउने र मसाल जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ ।https://pathivaranews.com/ बाट साभार गरीएको हो ।


Your Views
Related News