काठमाडौं । सुनकोशी गाउँ पालिकाको अध्यक्ष र उपाध्यक्षको कार्य कक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो हटाएका छन् । प्रधानमन्त्री ओलीको फोटो हटाएर ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो राखिएको पाइएको छ ।सरकारी कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने चलन छ ।सोहीअनुसार, सुनकोसी गाउँ पालिकाको कार्यालयमा यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको फोटो राखिएको थियो ।

नेकपामा वि’वाद भएसँगै गाउँपालिका कार्यालयबाट समेत प्रधानमन्त्रीको फोटो हटाएर प्रचण्डको फोटो टाँसेको पाइएको छ । राष्ट्रपतिको फोटो भने टाँसिएकै छ ।प्रतिनिधिसभा विघटनपछि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रधानमन्त्री ओलीको फोटो हटाएका हुन् । गाउँ पालिका अध्यक्ष दिपा बोहोरा ।दाहाल र उपाध्यक्ष दिर्वसिंह मोक्तानले पूर्व माओवादीको तर्फबाट राजनीति गरेर चुनाव जितेकाले प्रचण्डको फोटो राखिएको बताएका थिए ।सरकारी कार्यालयमा राजनीतिक दलका नेताको फोटो राखिएको यो सम्भवत पहिलो पटक हो । नागरिक खबरबाट साभार


Your Views
Related News