काठमाडौं, माघ ९-: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षले माघ २३ गते राजधानीमा आमसभा गर्ने भएको छ । राजधानी बाहिर आक्रमक रुपमा संगठन विस्तारको काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको समुहले पहिलो पटक राजधानीमा सभा गर्न लागेको हो ।

सभालाई प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओली लगायत शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । काठमाडौंमा शुक्रवार आयोजित पेशागत संगठनको कार्यक्रममा प्रधानमन्त्री ओलीले आमसभा गर्न लागेको जानकारी दिनुभयो ।साँघुरा गल्लीमा केही मान्छे जम्मा गर्दैमा आमसभा हुँदैन’, उहाले भन्नुभयो, ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ । त्यो पनि फुल होइन टे«लर मात्रै हुन्छ ।

विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधवपक्षीय समुहले आयोजना गरेको बिरोध प्रदर्शनमा मुलुक बनाउन ‘बिचारसून्य अवस्थामा रहेको कुण्ठाग्रस्त समुह’ को पहिचाल स्थापित गरेको छ । सो समुहले आयोजना गरेको जुलुसदेखि सभासम्म प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्नमै खर्चिएको छ ।

देशभरबाट बसमा ल्याइए पनि अधिकतम २० हजार सहभागी सभामा प्रचण्ड–माधव नेपालदेखि सवैजसो बक्ताहरुले केप शर्मा ओलीको बिरोधमा खर्च गर्दै आफूहरु अराजकताको नाइके रहेको पुष्टि गर्नुभयो । बिचार र आगामी योजना केही नभएको पुष्टि गर्दै केपी ओलीलाई गाली गर्नमै समय खर्चिए । पार्टीका कार्यकर्ता र जनतालाई नयाँ सन्देश भने केही दिन सकेनन । गालीमा पनि नयाँपन केही भेटिएन । उही पुरानै कुण्ठामात्रै पोखे ।

आफूहरु जस्तै ओली पनि हुन कि भन्दै आफ्नो छवि भष्मासुर, तानाशाह, भगौडा, गणतन्त्र–विरोधी जस्ता पर्जी कुरामात्रै गरे । सभामा प्रचण्ड, माधव, झलनाथ खनाल र घनश्याम भुसाललाई मात्रै बोल्न दिइएको थियो । चारै बक्ताबीच ओलीलाई कडा शब्दमा कस्ले गाली गर्ने प्रतिस्पर्धा नै चल्यो । भुषालले ओलीलाई घुँडा टेकाइछाड्ने फुर्ती लगाउनु भयो ।


Your Views
Related News