यस्तो अनौठो चलन जहाँ ‘यौ न प्यास मेटाउन’ ३२ रुपैयाँमै युवती किन्न पाइन्छ !

संसारमा कुनै मानिसको मोल कति होला ? अहिलेसम्म मानिसको मूल्य तोक्न सकिएको छैन । तर, हाम्रो छिमेकी देश भारतमा भने मात्रै ३२ रुपैयाँमा मानिसको बिक्री हुन्छ भन्दा पत्याउन मुकिस्ल पर्छ । तर, यो सत्य हो । भारतको एउटा गाउँमा २० रुपैयाँ भारुमा छोरीचेली किनबेच हुने गर्छ । हो, भारतको मध्यप्रदेशस्थित शिवपुरी नामको गाउँमा यस्तै चलन चल्दै आएको छ । यस गाउँमा २० रुपैयाँ भारुको टिकटमा छोरीचेलीहरूको किनबेच चल्दै आएको छ ।

भारतीय अनलाइन मिडियामा प्रकाशित खबरअनुसार गाउँमा परम्पराका रूपमा चली आएको धडिचा नामक कुप्रथाका कारण सो गाउँका छोरीहरू यस्तो अमानवीय कार्यको सिकार भइरहेका छन् । यो बताइएको छ कि, गाउँमा चेलीहरूको खरिद–बिक्री गर्ने धडिचा नामक प्रथा चल्तीमा छ । यो चलनअनुसार कुनै पनि पुरुषले २० रुपैयाँ भारु तिरेर गाउँकी कुनै पनि किशोरीलाई यौ न सम्पर्कका लागि खरिद गर्न सक्छ । यतिसम्म कि, त्यस गाउँका पुरुष आफ्नै पत्नीलाई २० रुपैयाँ भारुमा बिक्री गर्न पनि तयार हुन्छन् । उनीहरूले एक रातका लागि आफ्नी श्रीमती अन्य पुरुषलाई जिम्मा दिन्छन्, त्यो पनि कागजपत्रमा सहीछाप गराएर ।


Your Views
Related News