संविधानमाथि लात हानेर संसद् विघटन गरेका प्रधानमन्त्री केपीशर्मा ओली पाप पखाल्न पशुपति पुगेको नेकपा दाहाल-नेपाल समूहका नेता भीम रावलले आ,रोप लगाएका छन् ।

नेपाली जनता र संविधानमाथि गरेको अ,पराधको पाप पखाल्न पशुपतिमा पुगेर ओलीले दिप बत्ती बाल्न थालेको नेता रावलले आ,रोप लगाएका हुन् । गमगढीमा मंगलबार दाहाल-नेपाल समूहले आयोजना गरेको वि,रोध सभामा बोल्दै रावालले प्रधानमन्त्रीले संविधान कुल्चेर संसद विघटन गरेको बताए ।

संसद् विघटनको चौतर्फी वि,रोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न प्रधानमन्त्री पशुपति पुगेका हुन्,’ रावलले भने,’ तर पशुपतिले प्रधानमन्त्रीलाई पापको क्षमा दिने छैनन् । ‘

ओलीलाई काम गर्न पार्टीबाट कुनै अ,वरोध नभएको, विदेशीसंग झुक्‍न थालेको, एमसीसी सम्झौता गर्ने, कानुन वि,रोधी काम गर्न थालेपछि पार्टीले उनका कार्यशैलीलाई रोक्न निर्देशन मात्र दिएको रावलको भनाई छ ।

कोरोना भाइरस नि,यन्त्रणमा प्रधानमन्त्रीको कुनै चासो देखाएन अहिले जनतालाई कोरनावि,रुद्ध खो,प चाहिएको छ,’ नेता रावलले भने,’त्यसका लागि ५० अर्ब रकम आवश्यक परेको र त्यतातिर प्रधानमन्त्रीको ध्यान नगएर ५० अर्ब खर्च गरेर निर्वाचन गर्न खोजेका छन् ।

प्रधामन्त्री ओलीले भ्र,ष्टचार नियन्त्रणमा चासो नदिएर उल्टै भ्र,ष्टचार गर्ने व्यक्तिलाई ढाकछोपमा राखेको उनले बताए ।


Your Views
Related News