नुवाकाेट मालपोत कार्यालय विचौलीयाले चलाइरहेका छन् भन्दा फरक नपर्ने रहेछ । केहि दिन अघि विचौलीयाकै कारण सेवाग्राहीको काम रोकिएको गुनासो आएपछी नुवाकोट स्थीत हाम्रा टिभी जर्नलिष्ट रामहरी गजुरेल मालपोत कार्यालयमा पुगेका थिए ।

मालपोत कार्यालयमा त विचौलियाहरु अलिकति पैसा दिए काम छिटो गराइदिने भन्दै पैसा माग्दै थिए । मालपोत कार्यालयम पुग्दा लेखापढीको आवरणमा केही व्यतmहरुले सेवाग्राहीका कागजपत्र चलाउने देखि कार्यालय हाकिमसम्मलाई कागजपत्रको बारेमा निर्देशन दिदै थिए ।

लाइनमा बसीरहेका सेवाग्राहीलाई वेवास्ता गर्दै उनिहरुले हुकुमी शैलीमा यसरी काम ग राइरहेका थिए । हामीले उनिहरुको काम कैदी गरीरहेको थापा पाएपछी विचौलीयाको काम गरीरहेका उमेश पाण्डे भनीने यि व्यक्तिले क्यामेरा झम्टीन आए ।

यति मात्रै होइन अर्का विचौलियाको काम गर्ने श्यामराज पाण्डेले त हाम्रो क्यामेरा नै छेक्दै फालिदिए । लेखापढिका नाममा मालपोतमा आफ्नो राज चलाउन खोज्ने श्याम राज पाण्डे, उत्तम पाण्डे, उमेश पाण्डे लगाएतका व्यक्तिहरु आक्रमक भएका थिए ।

यता मालपोत कार्यालयका प्रमुख नारायण अधिकारी कार्यालयमा विचौलीयालाई रोक लगाएको दाबी गर्दै थिए ।

तर मालपोत कार्यालय भित्र विचौलीयाको दादागिरी कतिसम्म थियो भने एक जना विचौलीयाले त प्रमुख ज्युलाई नाई निर्देशननै दिदै थिए । उनी मालपोत कार्यालयका कक्ष कक्षमा पुग्छन्, सबै कागजपत्रमा उनिहरुको पुहँच भने कार्यालय प्रखुमसम्मलाई निर्देशन दिन्छन् ।

जस कारण मालपोत कार्यालयमा सेवाग्राही कर्मचारी, तथा लेखापढी व्यवसायीहरु समेत मारमा परेका छन् । यसले स्पष्ट पार्छ, मालपोत कार्यालय नुवाकोट बिचौलीयाले चलाइरहेका छन् ।

SORCE:News24nepal


Your Views
Related News