काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा एमालेको नवाैं महाधिवेशनमा जा,लझेल गरेर अध्यक्ष भएका आ,रोप लगाएका छन्।
प्रतिनिधिसभा वि,घटन असंवैधानिक भन्दै नेकपा प्रचण्ड–माधव समूहले रूपन्देहीको बुटवलमा गरेको वि,रोधसभामा प्रचण्ड–माधव समूहका अध्यक्ष उनले बाह्रबुँदे सहमतिको प्रसंगसमेत झिक्दै गणतन्त्रको कुनै कार्यक्रममा ओली सहभागी हुन नचाहेका पनि बताए।
गोरुगाढा चढेर गणतन्त्र जाने ओलीको अभिव्यक्तिप्रति नेपालले चुनाव हुन्छ भन्ने ओलीको भविष्यवाणी गलत हुने दा,बी गरे। ‘केपी ओलीले समय बुझेनन्, त्यो खुबी ओलीमा छैन। उनले कुनै पनि परिवर्तनको अगुवाइ गरेका छैनन्। जहिले पनि पछाडि बस्ने र टीकाटिप्पणी गर्ने, जहिले पनि खुट्टा ताने भन्ने, अनि काम गर्नुस्, भन्दा खाली बकबक मात्र गर्ने काम गरे।’
उनले थपे, केपीलाई रि,स उठ्यो पत्रकारलाई गाली गर्¥या छ। वरिष्ठ अधिवक्तालाई गा,ली गर्या छ, अ,पमान गर्¥या छ। आफ्नै मन्त्रीलाई पनि गा,ली गर्¥या छ। म त्यो गा,ली सबै सुनाउन चाहन्न। उहाँले के-के भन्नुभयो त्यो पेस गर्न चाहन्न। उहाँले कहाँ कहाँ के के भन्दै हिँड्नुभएको छ, हजार जिब्रा भएका शेष नागले पनि भन्न सक्दैन। उहाँलाई कुनै पनि राम्रो कुरा मन पर्दैन, प्रशंसा मात्र मनपर्छ उहाँलाई।
केपी ओलीलाई राम्रो संस्कारको उदाहरण बन्न पनि नेपालले आग्रह गरे। नवौं महाधिवेशनमा जा,लझेल गरेर मात्र जितेका भन्दै त्यै पनि आफूले मान्दिएको उनले बताए। उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने, ‘महाधिवेशनमा हारेर माधव नेपाल अध्यक्ष बन्न आए रे! प्रधानमन्त्रीलाई लाज लाग्दैन?’