काठमाडौँ — बहुदल आउनुअघि हुने पञ्चर्‍यालीहरूलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफैं सडकमा ओर्लिनु बहुदलयताको पहिलो र राजनीतिक इतिहासको दुर्लभ घ,टना हो । बहुदलपछि यसअघि पनि प्रतिनिधिसभा वि,घटन नभएको होइन तर निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी सर्वोच्चको फैसला नआउँदासम्म सडकमा शक्ति देखाउन गएका थिएनन् ।

गत माघ ९ गते नेकपाको दाहाल–नेपाल समूहले भृकुटीमण्डपमा गरेको सभालगत्तै प्रधानमन्त्री ओलीले भनिदिए, ‘साँघुरो गल्लीमा मान्छे जम्मा पार्दैमा आमसभा हुँदैन । जनपरिचालन र आमसभा कस्तो हुन्छ, २३ गते हेर्नुस्, हामी देखाइदिन्छौं ।’ २३ गते आमसभा हुन्छ भनेर ओलीले सार्वजनिक कार्यक्रमबाटै घोषणा गरेपछि मात्रै उनको ‘कोर टिम’ मा रहेका नेताहरूले त्यसको भेउ पाएका हुन् । सत्ता नै सडकमा ओर्लिर्एर ‘देखाउन’ खोजेको सभाको मञ्च नारायणहिटी दरबार संग्रहालयको छेउमा राखेर ओलीले आउँदो २३ गते महेन्द्रको सालिकतिर फर्किंदै भाषण गर्दै छन् ।

संग्रहालय बन्नुअघि निरंकुश भनेर फालिएको राजतन्त्रको अवशेष नारायणहिटीमा नहोला तर दरबारिया र राजतन्त्रलाई माया गर्नेहरूका लागि पुरानो शासन व्यवस्था सम्झाउने ठाउँ भने हो । यो पृष्ठभूमिमा समकालीन नेपाली राजनीतिमा आफूलाई संस्थापन देखाउन भरमग्दुर प्रयास गरिरहेका कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले सभा गर्ने र सम्बोधन गर्ने ठाउँ नारायणहिटीको आँगनलाई नै बनाउनुको कारण के होला ?

नागरिक आ,न्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले धर्मनिरपेक्षता र गणतन्त्रको उपलब्धिवि,रुद्धमा ओलीको पछिल्लो गतिविधिकै सिलसिलास्वरूप उक्त ठाउँ चयन गरिएको हुन सक्ने भन्दै त्यसले आफू अ,चम्ममा परेको बताए । ‘नारायणहिटी अघिल्तिर सभा हुँदै छ रे भन्ने सुन्दा म पनि छक्क परें, त्यो त हामीले २०४६ देखि आ,न्दोलन गरेको ठाउँ हो, सरकार नै गएर आ,न्दोलन गर्ने भनेको के हो, मैले बुझेको छैन तर पक्कै अर्थ छ,’ उनले भने, ‘सरकार सडकमा आउने भनेको मरीचमानको पालामा मात्रै थाहा थियो मलाई त । उनको मनमा के–कस्तो कुरा छ, ओली आफैं जानून् तर राममन्दिर, पशुपतिदेखि नारायणहिटी अघिल्तिरसम्मको कुरा आपसमा कनेक्टेड हुन् र हामीलाई अचम्म बनाउने विषय पनि हुन् ।’

उनका विगतका नजिरले ओलीलाई धर्मप्रति आशक्त भनेर व्याख्या गर्नुपर्ने त्यतिविघ्न कारण भेटिन्नन् तर पार्टीभित्र र बाहिर पनि आ,लोचनाको अत्यधिक सिकार बन्दै गएपछि आफूलाई जोगाउन गरेका प्रयासले कहिले उनलाई अति दक्षिणपन्थीजस्तो र कहिले अति अग्रगामीजस्तो देखाइदिएको छ । आफ्नो वरिपरिको ठूलो समूहले विश्वास गर्न छोडेपछि उनको ध्यान पूर्वपञ्चहरूतर्फ मोडिएको विश्लेषण पनि हुन थालेको छ । उनीहरूकै मन जित्न ओली नारायणहिटी दरबार अघिल्तिर उभिएर वि,रोधीहरूमाथि औंला उठाउने यत्नमा छन् ।

दाहाल–नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पछिल्लो समय ओलीलाई राजावादीले प्रशंसा गर्न थालेको र उनीहरूकै समर्थन पाउन नारायणहिटी दरबार छेउछाउ ठाउँ रोजिएको हुन सक्ने बताए । ‘ओलीजीले सर्वोच्चमा बहस गर्न राजावादी वकिल राख्नुभएको छ, २३ गतेको उहाँहरूको कार्यक्रममा राजावादीको समर्थन छ रे भन्ने सुन्दै छु,’ उनले भने, ‘हिजो कम्युनिस्ट नेता ऋषि देवकोटाको ह,त्या गर्नेहरू आज ओलीलाई महान् राजनेता भन्दै छन् । अहिले यो चिजले कुनै सकारात्मक सन्देश दिइरहेको हो र ?’ उनले २३ गतेको भेलामा ओलीले हिन्दु राज्यको घोषणा गर्दै छन् भनेर आफूले सुनेको बताए ।

ओली नेतृत्वको नेकपाका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने खुला स्पेस नभएका कारण नारायणहिटी अगाडिको ठाउँ रोजिएको तर्क गर्छन् । उनले संविधानले नै गणतन्त्र र धर्मनिरपेक्षताको ग्यारेन्टी गरेकाले त्यसवि,रुद्ध कोही पनि जान नसक्ने बताए । ‘सुरेन्द्र कमरेडले भनेझैं मानिलिउँ हिन्दु राज्यको घोषणा भयो रे, घोषणा गरेर मात्रै कार्यान्वयन हुन्छ र भन्या ? संविधान संशोधन गर्न त दुई तिहाइ चाहिने होला । त्यसैले यो जहाँ पनि छिद्र खोज्ने अभियानअन्तर्गतको कुराबाहेक अरू केही होइन,’ उनले भने । नेपालको संवैधानिक विकासक्रम हेर्ने हो भने २०१५ सालको संविधानसम्म मुलुकलाई हिन्दु राज्य भनिएको छैन ।

२०१५ सालको संविधानले ‘राजा हिन्दु धर्मावलम्बी’ हुनुपर्नेसम्मको व्यवस्था ग¥यो । २०१७ सालमा ‘कु’ गरेपछि महेन्द्रले जारी गरेको २०१९ सालको संविधानमा पहिलो पटक मुलुकलाई ‘हिन्दु अधिराज्य’ भनियो । जब राजा महेन्द्रले आफूलाई संविधानभन्दा माथि राखेर संविधान जारी गरे, त्यसपछि राजा र हिन्दु धर्मलाई झन् धेरै जोडेर हेर्न थालियो । राजा भगवान् विष्णुका अवतार हुन् भन्ने भाष्य पञ्चायतभरि जबर्जस्त स्थापित भयो । ओलीले राजा फर्काउने त हैन, आफैंले शक्ति केन्द्रीकृत गरेर राजाझैं गरी शक्तिसम्पन्न हुने प्रयास भने दोस्रो पटक प्रधानमन्त्री भएदेखि नै गर्न थाले । ज,बर्जस्ती बलियो देखाउन पार्टीभित्रकै एकथरीले ओलीलाई ‘राजनेता’ को पगरी लगाइदिए ।

ओलीले जे जसो गरे पनि उनीप्रति आफूहरूको कुनै सदाशयता नरहेको राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीको भनाइ छ । ‘प्रतिनिधिसभा विघटन ओलीजीको प्रतिगामी कदम हो, असंवैधानिक कदम हो भन्ने राप्रपाको संस्थागत दृष्टिकोण हो,’ उनले भने, ‘आन्तरिक झ,गडाले गर्दा उहाँहरूले देशलाई नै खलबल्याइसक्नुभयो । त्यसमा हाम्रो आ,लोचना छ, समर्थन हुने कुरै रहेन ।’

धर्मकर्म, मठमन्दिर र पुरातन दर्शन संस्कृतिमाथि दोस्रो पटक प्रधानमन्त्री भएर आएपछि ओलीको झु,काब एकाएक बढ्यो । उनले असार २९ मा रामको जन्मभूमि चितवनको ठोरीमा रहेको बताइसकेका थिए । त्यसको पुनरावृत्ति शनिबार चितवन पुगेर पनि गरे । आउँदो वर्ष राममन्दिर बनाएर प्राणप्रतिष्ठा गर्ने उनको भनाइ थियो । उसै पनि ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि मठमन्दिरमा राज्यको लगानी अचाक्ली छ ।

यो आर्थिक वर्षमा मात्रै मुलुकभर १ हजार ३ सय ३९ ठाउँमा मठमन्दिर निर्माण र पुनर्निर्माण हुँदै छन्, जसका लागि राज्यले २ अर्ब ६४ करोड ५२ लाख ४१ हजार २ सय ८२ रुपैयाँ बजेट विनियोजन गरेको छ । देवीदेवता र राजाको पुरानै सम्बन्ध भएकाले पनि ओलीले ‘कन्जर्भेटिभ’ विचारधारालाई अवलम्बन गर्न खोजको तर्क लेखक तथा विश्लेषक इन्द्र अधिकारीको छ ।

‘प्रगतिशील भनिने व्यक्तिहरूमा आ,लोचनात्मक चेत पनि हुन्छ, प्रधानमन्त्रीले उनीहरूलाई झुक्याउनसम्म झुक्याउनुभयो, अब त्यो समुदायले उहाँलाई पत्याउँदैन । आकर्षित गर्न र दा,बा गरेको जस्तै मेरो पछाडि नेपाली सेन्टिमेन्ट छ भनेर बुझाउनका लागि दुईथरी पब्लिकलाई प्रधानमन्त्रीले टार्गेट गर्नुभएको छ,’ उनले भनिन्, ‘पञ्चायतले राजनीतिक सामाजिकीकरण गरेको मानसिकता अझै जीवित छ, राजा र धर्मलाई छुटाउन नचाहने त्यो एउटा वर्ग र अर्को हिन्दु धर्मलाई नै आधार बनाएर सत्तारोहण गरिरहेको भारतीय पक्ष, जसलाई फकाउँदा धेरैबेर टिक्न सकिन्छ भन्ने प्रधानमन्त्रीको बुझाइ हो ।’

प्रधानमन्त्री ओलीले आफूलाई शक्तिशाली बनाउन धेरै पटक ‘पश्चगामी’ निर्णय गरेका छन् । त्यसैले पनि उनले गर्ने हरनिर्णय र अभिव्यक्तिमा नागरिकको आ,शंका छ । अझ संविधानै मिचेर प्रतिनिधिसभा विघटन गरिदिएपछि ओलीप्रतिको नागरिक भरोसा झन् भासिएको छ ।

सत्ताधारी नेकपाले भनेझैं खुला ठाउँ नहुँदानहुँदै पनि सत्तालाई नै सडकमा खर्लप्पै उतार्नुपर्ने बाध्यताको मुख्य कारण आफूले घोषणा गरेको निर्वाचनमा आफ्नै पार्टीले एक्लै दुई तिहाइ ल्याउने ओलीको महत्त्वाकांक्षा पनि हो । तर आधिकारिक पार्टीभित्रको अल्पमत र आफूवि,रोधी जनमतको संख्या आफ्ना पक्षधरहरूको भन्दा कति हो कति व्यापक छ भन्ने बुझाइ ओली स्वयंको हो र सडकका आ,न्दोलन, बुद्धिजीवी/विश्लेषक वर्गको तर्क, प्रतिपक्षीको व्यवहारले देखाइरहेको यथार्थ पनि त्यही हो ।

यस्तोमा परिवर्तनलाई स्वीकार नगरेको एउटा जमातको समर्थन लिन खोज्नु र त्यसका लागि अनेक उपाय अपनाउनुलाई कांग्रेस नेता गगन थापा सत्ताले देखाएको भद्दा व्यवहारका रूपमा व्याख्या गर्छन् । ‘पशुपतिको दर्शन, माडीमा राममन्दिर बनाउने कुरा, नारायणहिटीअघि सभा गर्ने विषयलगायतलाई एक ठाउँमा राखेर हेर्दा यो एकदमै भद्दा छ ।

संसारभरिका शासक, जो निर्वाचित भएर आएपछि आफूलाई तानशाह बनाउन चाहन्छन्, त्यो ट्रेन्डसित प्रधानमन्त्रीको यो ट्रेन्ड एकदमै मिल्दो छ,’ थापाले कान्तिपुरसँग भने, ‘पछिल्लो समय यो संविधान बन्दै गर्दा यसलाई नरुचाउने एउटा कन्जर्भेटिभ मत प्रकट भएको छ, त्यो कन्जर्भेटिभ मतको नेता म हो है भन्ने कुराको सन्देश दिन प्रधानमन्त्रीले भरमग्दुर मिहिनेत गरेको देखिन्छ ।’ थापाले आफूलाई शक्तिमा भइरहेको हेर्न चाहने शासकले जहिले पनि नागरिकको इमोसनसँग खेल्ने र ओलीले अहिले आफूलाई धर्मसँग जोडिरहेको बताए ।

ओली पक्षीय नेकपा सार्वजनिक रूपमा यी सब तर्कहरूलाई स्वीकार गर्न तयार छैन । वाग्मती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेल जनतामा केपी ओलीको व्यक्तित्व र पार्टीको उचाइ बढेपछि तिल्मिलाएकाले मात्रै यस्तो टिप्पणी गरेको बताउँछन् । उनले सांस्कृतिक रूपमा उपनिवेश स्वीकार गर्नेहरूले ओलीको वि,रोध गरिरहेको बताए ।

‘हिन्दु दर्शनको उद्गम नेपालमा भएको हो, जति धार्मिक अनुष्ठान छन् ती नेपालमा छन्, यो सांस्कृतिक राष्ट्रवाद हो, सांस्कृतिक राष्ट्रवादले मुलुकको समृद्धिका लागि ठूलो काम गर्छ,’ नेता पोखरेलले भने, ‘सांस्कृतिक राष्ट्रवाद जोगाउँछु भन्दा कसैको टाउको किन दुख्नुपर्ने ? सांस्कृतिक रूपमा नेपाल गौरवशाली छ भन्दा गरिने प्रलापले हाम्रो प्रधानमन्त्रीलाई कुनै किसिमको असर पर्दैन ।’

उनले दुई लाख मान्छे उतार्ने आफूहरूको तयारी रहेको र त्यसका लागि कुन ठाउँ उपयुक्त हुन्छ भनेर आफैंले गुगलबाट सर्भे गरेपछि नारायणहिटी अघिल्तिरको ठाउँ फाइनल गरेको बताए । प्रतिपक्षी कांग्रेसका नेताहरू भने सडकमा समेत सरकार आएर मुलुकलाई मुठभेडतिर धकेल्न खोजेको बताउँछन् ।


Your Views
Related News