काठमाडौँ, २१ माघ । नेता महेश बस्नेतले नेतृत्व गरेको मोटरसाइकल र्¥यालीमा १० हजारबढी मोटरसाइकलसहित युवाहरुले सहभागिता जनाएका छन ।प्रधानमन्त्री ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनकाे तयारीस्वरूप नेता बस्नेतको नेतृत्वमा युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्¥याली गरेको हो ।

आज १२ बजे बालकुमारीबाट शुरु भएको र्¥याली सातदोबाटो-लगनखेल-जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरपाेर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत गर्नेछ ।

रुट अनुसार बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चका सहभागी, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कनेछ । त्यस्तै त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा,रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरुको जु’लुस निस्कनेछ ।

पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि तोकिएको छ ।


Your Views
Related News