ओली तानाशाहको दिनगन्ती सुरू : झाँक्री

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीलाई तानाशाहको संज्ञा दिँदै अब ओलीको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् । उनले ओलीलाई उल्टो बाटोमा हिँडेको पनि आ´रोप लगाएकी छिन् । र, छिट्टै गल्र्यामगुर्लुम ढल्ने उनको दा´बी छ । दाहाल–नेपाल समूहले आज आव्हान गरेको बन्द ह´ड्तालको क्रममा नेतृ अष्टलक्ष्मी शाक्य कलंकीबाट प´क्राउ परेपछि उनले त्यसको वि´रोधमा सामाजिक सञ्जालमा यस्तो लेखेकी हुन् ।

उनले लेखेकी छिन्–”खड्कप्रसाद शर्मा ओली तानाशाहको दिनगन्ति सुरू भएका छन। उल्टो बाटो हिडेको तानाशाह गर्ल्याम गुर्लुम छिटै ढल्ने छ।त्यसका मतियार पनि जानेछन । भाग्नेछन। प्रतिगमन बिरुद्द उठौँ र जागौँ, एक धक्का अरू दिऔं। लोकतन्त्रको रक्षा गर्न, संबिधानलाई सहि ट्रयाकमा ल्याउन, संसद पुन: स्थापनाको लागि छोटो तर अर्थपूर्ण आन्दोलनलाई अझै प्रभावकारी बनाऔं। कमरेड अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ पर्नु भएको छ । हार्दिक सम्मान कमरेड हामी मैदानमै छौं।“


Your Views
Related News