सेनाका बख्तरबन्द गाडी गुडाएर तर्साउन खोजियोः नेता पुन

काठमाडौं । नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले बिहीबार बुटवलमा र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका ब`ख्तरबन्द गाडी र ट्या´ङकर गुडाएर त´र्साउन खोजिएको बताए ।

सं´वैधानिक परिषदमा गरिएको नियुक्तिको वि´रोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले भने, ‘सेनाका ब{ख्तरबन्द गाडी र ट्याङकर निकालेर जनता त´र्साउन खोजिएको छ ।

हामी सबै लडेर आएका छौं । जनता ल´डेर आएको छ । केपी ओली र रामबहादुर थापा सधैं प्रधानमन्त्री र गृहमन्त्री भइनराख्ने भन्दै पदबाट झरेको भोलिपल्ट कसैले घिसारेर उठायो भने कसले संरक्षण गर्छ भन्दै प्रश्न गरे ।

पुनले भने, “मुलुकमा राजतन्त्र र सैन्य शासन नभएको र जनता धेरै शिक्षित, प्रशिक्षित र सचेत रहेकाले कुनै धम्कीसँग डराउँदैनन् ।” उनले राज्य शक्तिको दुरुपयोग गर्नेको हालत ज्ञानेन्द्रको जस्तै हुने भन्दै धम्की बन्द गर्न चेतावनी दिए ।

उनले भने, ‘ज्ञानेन्द्र देशैभरि –याली गर्दै हिँडे । लाखौं जनता महाराज भन्दै जान्थें । बुझें, सुनें भन्दै टाउको हल्लाएर हिँडेका थिए ।

आज कहाँ टाउको हल्लाउँदै हिंडेका छन् थाहा छ कि छैन ?’ नेता पुनले आन्दोलन र आमहड्ताल रहर नभएको बाध्यता भएको भन्दै संविधान र लोकतन्त्रको रक्षाका लागि यसो गर्नु परेको बताए ।

पुनले आफूहरुको आन्दोलन केपी ओलीका एकपछि अर्को असंवैधानिक कदम, निरंशुकता र स्वेच्छाचारिताविरुद्ध तथा संविधानको रक्षा र लोकतन्त्र बहालीका लागि भएको बताए ।


Your Views
Related News