बोल्दाबोल्दै प्रधानमन्त्री ओलीको आँखाभरी आँसु

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दाबोल्दै आँसु झारेका छन् । आज नारायणहिटी अगाडि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओली भा´वविव्हल भएका थिए । गला अ´वरुद्ध भएपछि ओली केहीबेर चुप लागेका थिए । उनले त्यसपछि भने,‘साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चुप लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चुप बसे ।

उनले गला अ´वरुद्ध गर्दै भन्नपुगे,‘आँखाबाट आँसु पो आयो ।’ उनले चीसोले आँसु आएको भने । ओलीको आँखाभरी आँसु आएपछि सहयोगीहरु मञ्चमै पुगेका थिए । उनले आँसु पुछेका थिए ।


Your Views
Related News