प्रचण्डलाई जावलाखेलको चिडियाखानामा हाल्ने बादलको चेता´वनी

काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जावलाखेलको चिडियाखानामा हाल्ने चे´तावनी दिएका छन् । उनले प्रचण्डले ‘माशांहारी आन्दो´लन’ गर्ने दुस्साहस गर्न लागेको भन्दै कारबाही गर्ने चे´तावनी दिए ।

‘माशांहारी आ´न्दोलन गर्छु भन्नेहरुलाई जावलाखेलको जु मा लगेर हालिनेछ,’ नेकपाको ओली समूहले नारायणहिटी प्रांगढमा गरेको सभामा बोल्दै बादलले भने,‘ मांशाहारी आन्दोलन गर्ने दुस्साहस र अपराध गर्नेलाई का´रबाही गरिनेछ ।’

प्रचण्डले केही हप्ता अघि आ´न्दोलन अब शाकाहारी नहुने बताएका थिए । उनले समर्थकहरुलाई आ´क्रामक बन्न भनेका थिए । यसको जवाफमा बादलको पछिल्लो भनाई आएको हो ।

बादलले नयाँ जनआ´न्दोलनमा जान लागेको तर्क गरे । अहिलेको नेतृत्वले देशलाई प्रतिगमनतर्फ लान लागेको भ्रम छरिरहेको बताउँदै भने,‘गणतन्त्रको रक्षा र सु´दृढीकरणका लागि जनसभा नारायणहिटीको दरबार अगाडि आमसभा गर्न लागेका हौं ।’


Your Views
Related News