संविधान जोगाउन र मुलुकको विवादलाई सही ट्रयाकमा ल्याउनपनि संसद पूनःस्थापना हुनुपर्छ : डा. शर्मा (भिडिओसहित)

काठमाडौं, २५ माघ । अधिवक्ता डा. रुद्र शर्माले राज्यका सर्वोच्च निकाय/संस्थाहरु एक–आपसमा झगडा र द्वन्द्वमा हुन दुःखद् भएको टिप्पणी गरेका छन् । उनले यही अवस्थाले भोलि मुलुक संविधानले अन्दाज नगरेको ठाउँमा पनि पुग्नसक्ने ख´तरा औंल्याए । डा. शर्माले अहिले संविधानको सरंक्षक प्रधानन्यायाधीश आँफै झ´गडीया हुनुपनि दुःखद् भएको टिप्पणी गरे ।

आज (शनिरबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘उहाँले आफूलाई झ´गडीया हुनबाट बचाउन सक्नुपर्दथ्यो । सभामुख पनि संवैधानिक परिषदको बैठकमा नजानु ग´ल्ती हो । तर, यो विषयमा उहाँ आँफै अदालत जानु चाहीँ स्वागतयोग्य कुरा हो ।’ उनले राज्यका सर्वोच्च अंगहरुबीचको द्व´न्द्व र झ´गडाले मुलुकलाई बेफाईदा भएको भन्दै यसले संविधानलाई नै भंग गर्न सक्ने, संविधान अनमेकिङ र ब्रेकडाउन सुरु भएको भन्दै उक्त कुरा चिन्ताको विषय भएको टिप्पणी गरे ।

अहिले सभामुख–प्रधानमन्त्री आरोप प्रत्यारोप, प्रधानमन्त्री–सभामुख आरोप प्रत्यारोपमा उत्रिनुजस्तो विचित्रको दृश्य देखिएको पनि सुनाए । उनले अहिले मुलुकले यो संविधान जो´गाउन सक्छ कि सक्दैन् ? भन्ने नै प्रमुख सवाल भएको बताए । उनले सर्वोच्च अदालतले संसद पूनःस्थापना गर्नेछ भन्ने विश्वास दिलाए । उनले भने,‘सर्वोच्च अदालतले अहिलेको मुलुकको अनिश्चित्तालाई र वि´वादलाई सही ट्रयाकमा ल्याउन र संविधान बचाउने काम गर्नेछ ।’ उनले संसद पूनःस्थापना नभए संविधान अनमेकिङ प्रोसेस सुरु हुने पनि चिन्ता व्यक्त गरे ।


Your Views
Related News