सं´कटकाल लगाएर भएपनि प्रधानमन्त्री ओली चुनावमा जान्छन् : डा. सुन्दरमणि दिक्षित (भिडिओ)

काठमाडौं, २५ माघ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले देश अहिले ठूलो सं´कटबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने,–‘अहिले हामी अत्यन्तै जो´खिमपूर्ण अवस्थामा छौं । देशको अवस्था यस्तो छ कि नि´कट भविष्यमा के हुन्छ ? भन्नेपनि थाहा छैन् । यो अन्यौलग्रस्त र ड´रलाग्दो स्थिति हो । हामी जनताले धोकामात्रै पायौं । नेकपाका नेताहरुले ठूलो पाप गरे । केही काम गरेनन् ।’

आज (शनिरबार) रि´पोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. दिक्षितले आफूहरु जनताले नेकपा नेताहरुको पदीय भागबण्डा र लोभका कारण धोका पाएको भएपनि प्रचण्डको ग्रुपले चाहीँ ओली नमरिदिएकोले धोका पाएको भन्दै कडा टिप्पणी गरे । उनले भने,‘नेकपाले सरकार गठन गरेको दिनदेखि, त्यो भन्दा अलिक अगाडि दिनदेखि नै यीनीहरुबीच यत्रो झैझ´गडा भएको रहेछ, मुलुकको त वास्ता रहेनछ उनीहरुलाई, उनीहरु त कसले प्रधानमन्त्री प´ड्काउने ? कहिले प´ड्काउने ? अढाई वर्ष पड्काउने कि अहिले प´ड्काउने ? अथवा गिद्धजस्तो भएर कुन बेला ओली मर्ला भनेर बसेका रहेछन् । अब अनफर्चुनेट्ली, ओली मरिदिएनन्, ओलीजी त मरिदिनुभएन, उहाँ त झन अहिले तन्दुरुस्त, हिजो देखिहाल्नुभयो उहाँ तन्दुरुस्त हुनुहुन्छ, त्यसैले यीनले धोका खाए, हामीले त धोका खायौं, खायौं, तर विचरा प्रचण्ड ग्रुपले पनि धोका खाएकै हुन्, किनभने हामीले धोका खायौं, यीनको बेईमानीबाट, प्रचण्डले धोका खाए ओली नमरिदिएकोले ।’

उनले अहिलेपनि नेपाल को´रोनाको जो´खिममा रहेको अवस्था सुनाए । तर, नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्ने काम नेताहरुले गरिराखेको उनको गुनासो छ । उनले भने,‘आफू प्रधानमन्त्री बन्नको लागि जनता मार्ने ? दिनहुँ आ´न्दोलन भएका छन्, खोई मास्क ? नेताहरु त स्वार्थी र लोभी रहेछन् ।’ उनले ओली र प्रचण्ड भित्रभित्र का´टाकाटको अवस्था रहेको तर बाहिर देखाउँदा मिलेको जस्तो गरेर नाटक गरेको पनि आरोप लगाए । त्यस्तै, ओली र माधव नेपालबीच पनि काटाकाटकै अवस्था रहेको पनि उनले सुनाए । उनले भने–‘झन ओली र प्रचण्ड त मिल्न सम्भव नै थिएन । अहिले माधव नेपालले प्रचण्डको साथ लिएर ओलीलाई खेद्छैन् ।’ दिक्षितले नेकपालाई जनताले दिएको भोट त कुहिएर गएको रहेछ भनेर हिनताबोध गरे ।

दिक्षितले लोकतन्त्रको खम्बा भनेको न्यायापालिका भएको भन्दै यसलाई कमजोर पार्ने काम कसैबाट पनि हुन नहुने धारणा राखे । तर, अहिले न्यायालाई पनि कमजोर तुल्याउने काम भैरहेको भन्दै उनले दुःख व्यक्त गरे । उनले भने–‘हामीले न्यायलाई कमजोर बनायौं भने डेमोक्रेसी बच्न गाह«ो हुन्छ ।’ उनले नेकपाका विभाजित शक्तिहरु दुवैको आ–आफ्नो दाउ र रणनीति रहेको पनि सुनाए । प्रचण्ड र माधव नेपाल संसद पूनःस्थापनाको पक्षमा उभिएको र ओली चुनावको अन्तिम तयारीमा जुटिसकेको पनि उनले सुनाए ।

उनले संसद वि´घटनको मु´द्दा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहसको क्रममा रहेकोले यो विषयमा बाहिर जथाभावी टिप्पणी गर्न नहुने धारणा राखे । उनले भने–‘सर्वोच्च अदालतलाई कसैले पनि लत्याउनुहुँदैन् । बरु, संसदकोबारेमा बोलौं । तर अदालतको विषयमा नबोलौं ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अदालतको फैसलाप्रति सम्मान गर्ने भनेर लिएको अडान सही रहेको भन्दै उनले प्रशंसा समेत गरे ।

उनले प्रधानमन्त्री ओलीको हाउभाउ हेर्दा पनि उनी निर्वाचन जाँदैछन् भन्ने कुरा निश्चित् भएको पनि सुनाए । उनले भने,‘केपी ओली चुनावको लागि रेडी छन् । प्रचण्ड र माधव नेपाल समूह निर्वाचनमा नजाने भन्दैछन् । भोलि निर्वाचन भयो भने सबै दल निर्वाचनमा सहभागी हुन्छन् ।’ दिक्षितले प्रधानमन्त्री ओली सं´कटकाल लगाएर भएपनि निर्वाचनमा जाने सुनाए । चुनाव हुने भयो भने कोही पनि पाँच वर्षको लागि बाहिर नबस्ने भन्दै सबै दल निर्वाचनमा जाने पनि उनले दा´बी गरे । भोलि राष्ट्रपतीय शासन लागु भएपनि त्यो ओली नै शासन गर्ने पनि उनले सुनाए ।

उनले आज दलहरु सडकमा उत्रिनुको कुनै कारण नै नभएको पनि जि´किर गरे । अदालतमा विचाराधिन भएको विषयमा यसरी सडकमा आन्दोलन गर्नुको कुनै तु´क नहुने उनको भनाई छ । उनले नेपालमा यस्तो खालको संसदीय व्यवस्था चल्न नसक्ने भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीय शासन चाहिने आवश्यकत्ता औंल्याए ।


Your Views
Related News