सक्छौं भने प्रचण्डलाई थुनेर देखाउन गृहमन्त्री बादललाई ज्ञवालीको चे´तावनी

काठमाडौं, २५ माघ । नेपाल क´म्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो ठूलो गफ गरेर कुनै अर्थ नहुने टिप्पणी गरेका छन् । उनले ओलीले संसद आमालाई नै मारिदिएको आ´रोप लगाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

मांशहारी आ´न्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने भनेर गृहमन्त्री रामबहादुर थापाले दिएको चेतावनीलाई के भन्नुहुन्छ ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने–‘सक्छन् भने थुनुन् । कामचलाउ प्रधानमन्त्री, कामचलाउ गृहमन्त्री दुई/चार दिनका पाहुना हुन् । सक्छन् भने थुनुन् । नि´रंकुशताको चरम नभईकन यिनीहरुको अन्त्य हुँदैन् । दिनप्रतिदिन यिनीहरुको रुप देखिँदैछन्


Your Views
Related News