माघ ३० गतेभित्र सबैको बहस सक्नुपर्ने प्रधानन्यायाधीश राणा भनाई

काठमाडौं, २६ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा वि´घटन मु´द्दामा माघ ३० गतेभित्र सबैको बहस सक्नु पर्ने बताएका छन् । सरकारी वकिलको बहस सकिएपछि सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिल रमेश बडाललाई बहसका लागि दिईएको २० मिनेटको समयमा पनि बहस नसकेपछि राणाले थप १० मिनेट थप्दै भनेका थिए-“यो मु´द्दामा धेरै समय खाइसक्यो। ३० गतेसम्म सबै बहस सक्नुपर्छ ।”

संसद वि´घटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दामा आज (आइतबार) सरकारी वकिलको बहस सकिएको छ। अब प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चले गठन गरेको एमिकस क्युरीका वकिलहरूको बहस र रिट निवेदकका वकिलहरूको जवाफी बहस बाँकी छ।


Your Views
Related News